सुदूरपश्चिममा सत्ता गठबन्धनका उम्मेदवार विजयी, गोपाल हमालले गरेन्न मतदान

bimbonline बिम्ब अनलाइन
२०८० माघ ११ १९:१७ बजे

धनगढी। राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका  सत्ता गठवन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन्। उनले ४ हजार ४५३ मत पाइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए। उनले ४ हजार ४१९ मत पाए। त्यस्तै अन्यतर्फ  कांग्रेसकै बलदेव बोहरा विजयी भए। उनले ४ हजार ३४७ मत पाए।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फ बाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार रहेकामा तीनै जना पराजित भएका छन्।

राष्ट्रियसभा सदस्यको आजको निर्वाचनमा प्रदेश सभा तर्फ ५३ जना मतदाता रहेकोमा ५२ जनाले र स्थानिय तह तर्फ १७५ जना मतदाता रहेकोमा १७३ ले मात्र मतदान गरेका थिए।  धनगढी उपमहानगरपालीकाका प्रमुख गोपाल हमालले पनि मतदान गरेन्न।उहाँहरुले मतदान नगरे पनि निर्वाचन सम्पन्न भएको छ। 

 


२०८० माघ ११ १९:१७ बजे

प्रतिक्रिया