काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा स्थगित भएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।
शनिबार राति साढे ९ बजे निधन भएका गिरीको पार्थिव शरीरलाई दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। गिरीको शवको आजै पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ।
प्रतिक्रिया