दुर्गा पौडेल राष्ट्रिय सभामा मनोनित हुने- मोहनविक्रम सिह ( महामन्री नेकपा मसाल)

चित्र वहादुर के.सी. उपप्रधान र सहकारी तथा गरिवि निवारण मत्री हुदा वाँकी रहेका जनवादी क्रान्तिका कार्यभार पुरा गर्नका लागी दुर्गा पौडेल लाइ साँसद हुदै मत्री वनाउन लागिएको हो र क. मोहनविक्रम सिहले भन्दै आउनु भएको नयाँजनवादी क्रान्तिका कार्यभार सम्पन्न गर्नु हो।

bimbonline बिम्ब अनलाइन
२०८० माघ १ १०:१३ बजे
राजमो की उपाध्यक्ष दुर्गा पौडेल

काठमाण्डौ।  राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एव प्रवक्ता रहेकी दुर्गा पौडेल लाई राष्ट्रिय  सभा सदस्यमा नेपाल सरकारको सिफारिसमा राष्टृपतिले मनोनित गर्ने गठवन्धनको सहमति भएको कुरा नेकपा(मसाल)का महामत्री एव दुर्गा पति मोहन विक्रम सिहले यहि पौष २८ गते एक वक्तव्य निकालेर जनाएका छन। गठवन्धनका सवै उम्मेदवारहरु लाई मतदान गरी जिताउन  पार्टीका सवै मतदाताहरु वक्तव्य मार्फत भनिएको छ।

दुर्गा पौडेल २०७० को दोस्रो संविधानसभामा समानुपातिक सभासद र २०७४ मा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिइन । गतप्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठान जिल्ला वाट  सत्ता गठवन्धनका तर्फ वाट दुर्गा पौडेल र नेकपा(एमाले)का तर्फवाट सुर्य थापा प्रतिनिधि सभा सदस्यका लागी उम्मेदवार भएकोमा सुर्य थापा सँग दुर्गा पौडेल  पराजित हुनु भएको थियो।

नेकपा(मसाल) मोहनविक्रम सिहको समुहले दक्षिणपन्थी कार्यदिशा अवलम्वन गरी सत्तागठवन्धनमा सामेल भएको हुदा मसालको वैधानिक मोर्चा की उपाध्यक्ष एव प्रवक्ता दुर्गा पौडेललाई राष्टिय सभामा मनोनित गर्ने सत्ता गठवन्धनको निर्णयको चौतर्फी आलोचना र खिल्ली उडाउदै  आएका छन।सोहि पार्टीका अखिल (छैठौ)का पुर्व अध्यक्ष विमल पोखरेल आफ्नो फेसवुकवालामा कविता शैलीमा लेख्छन

एउटा महान् नयाँ जनवादी क्रान्ति 

धुमधामसँग सम्पन्न भइसक्यो ।

साला, अर्को नयाँ जनवादी क्रान्ति

रुखको फेंदमा बसेर सुस्केरा हाल्दैछ ।। 

तेस्रो चाहिँ क्रान्तिको लागि लेबी उठाउँदै

जेनतेन आफ्नो ज्यान पाल्दै आएको छ । 

चौथो क्रान्ति लेबी उठाउन पनि सक्दैन

विचरा ओंठ निलो बनाएर भोकै बसेको छ ।।

२०८० पुस २२, काठमाडौं

विमल पोखरेलको यो कविता वाट मसाल पार्टीको अहिलेको अवस्थाको चित्रण गरेको देखिन्छ।

गतनिर्वाचनमा पराजित  दुर्गा पौडेललाइ पुनः  राष्ट्रिय सभामा मनोनित गर्ने विषय अहिले मसाल पार्टी भित्र असन्तुष्टियको विषय वनेको छ। कतिपयले पेसवुक मार्फत रोष प्रकट गरेका छन भन्ने कतिपयले अनौपचारिक रुपमा रोष प्रकट गर्दै आएकाछन। दुर्गा पौडेल सविधान सभामा एक पटक, प्रतिनिधि सभा एक पटक गरी दुइ पटक अर्थात करिव १० वर्ष प्रतिनिधि सभामा सहभागी हुदा उनको कार्य क्षमता दक्षता र कार्यकुशलता वारे प्रश्न नउठेको होइन । तर मसालले उहाँ वाहेक अरु लाई अवसर दिने वा कार्यक्षमता प्रस्तुत गर्ने कुनै मौका नै दिदैन भन्ने एक थरिको गुनासो रहेको छ।यसले मसाल भित्र दुर्गा पौडेल वाहेक अन्य महिला नेतृ छैनन की ? प्रतिनिधि सभाको  निर्वाचनमा हारेकाहरु लाइ मनोनित गर्नका लागी राष्ट्रिय सभाको व्यवस्था गरेको हो की ? मसालमा अव कुनै राजनैतिक नैतिकता र जनता, कार्यकर्ताको कुरालाइ ग्रहरण गर्ने ल्यागेत समाप्त भएको हो की ? भन्ने गम्भिर प्रश्न खडा भएको छन।

कतिपय विश्लेशकहरु भनाइ क. मोहन विक्रम सिहले पार्टी नेतृ दुर्गा पौडेल लाई  राष्ट्रिय सभामा  मनोनित प्रयोजन  मत्री  वनाउने योजना हो।  चित्र वहादुर के.सी. उपप्रधान र सहकारी तथा गरिवि निवारण मत्री हुदा वाँकी रहेका जनवादी क्रान्तिका कार्यभार पुरा गर्नका लागी दुर्गा पौडेल लाइ  साँसद हुदै मत्री वनाउन लागिएको हो र क. मोहनविक्रम सिहले भन्दै आउनु भएको नयाँजनवादी क्रान्तिका कार्यभार सम्पन्न गर्नु हो। यसले मसाल पार्टी प्रति जनआस्था, विश्वासको न्हास हुने छ भन्ने पार्टी भित्रका क्रान्ति प्रति आस्था र विश्वास राख्ने व्यक्ति समुहमा निरासा र पलायन छाउने छ। छट्टु दुइजिव्रे चाकरी चाव्लुसी नै आफ्नो क्रान्तिकारी धर्म मान्नेहरु भन्ने सत्ता र सरकारको रसास्वादमा रमाउने छन अँशतः भए पनि चाकरदारहरु लाई व्यक्तिगत  लाभ फाइदा प्राप्त हुने छन।


२०८० माघ १ १०:१३ बजे

प्रतिक्रिया