नेपालगञ्जको जाडो

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८० पुष २५ ०७:५२ बजे

नेपालगञ्ज। आज दिनभरी नेपालगन्ज र कोहलपुरमा हुस्सुले ढाकि रह्यो । तराईमा हुने हिउँदको जाडो नाप्ने हो भने आजको जाडोको मापनले शीखर नै चुमेको थियो । मानिसहरु भनिरहेका थिए आज निकै जाडो छ । चोक-चोक टोल-टोलमा मानिसहरु जाडो कम गर्ने उपाय सोचिरहेका थिए । मानिसहरु बिहानैदेखि घरघरमा कफि र मरिच चिया पिईरहेका थिए । होटेलका साहुहरुलाई तात्तातो कफि र चिया बनाउन भ्याई नभ्याई थियो । मानिसहरु घर आँगन दोकान अगाडि, अनि चोक चोकमा आगो बालेर तापिरहेका देखिन्थे ।

सरकारी कार्यालय, निकाय विभिन्न संघ सस्थामा कार्यरत पुरुष महिला कर्मचारीहरु समेत मोटा मोटा स्विटर, हाइनिक, कोट, बरण्डी कोट, जकेट, कट्राइज पेन्ट, उनी टोपी, गलबन्दि र हातमा पन्जा अनि मोटा मोजा र न्याना जुत्ता लगाईरहेका देखिन्थे । मानिसहरु जात,धर्म र ठाउँ बिशेषका न्याना कपडा लगाएका देखिन्थे ।अझै मुखमा मास्क लगाउने मानिसहरु उत्तिकै देखिन्थे ।मानिसहरु आज शरिरलाई न्यानो राख्ने खानेकुराको ब्यवस्था मिलाउने बारे कुरा गरिरहेका देखिन्थे । कसैले माछा, कसैले मासु,  आफुलाई अनुकुल पर्ने मासु र झोलको प्रवन्ध, आवश्यक खाध्य पदार्थको जोह गरिरहेका देखिन्थे ।

यो समय भनेकै चिसो मौसमको समय हो । जाडोयाम लागेसँगै मानिसहरुले उपयुक्त खानपान र कपडा, हिटर, सिरक, डसनाको ब्यवस्था मिलाईरहेका पनि देखिन्छन् । केही मानिसहरु चिसोसँग डराईरहेका देखिन्छन् भने केही मानिसहरु चिसो याम सँग रमाई रहेका पनि देखिन्छन् । जस्तै जाडोसँगै हिउँदे फलफूल सुन्तला, मौसम निबुवा,जस्ता बिविध फलफूल खान पाईन्छ भने हिमालहरु शुन्दर देखिन्छन् । हिमालको सेतो कंचन हिउँ देख्न पाइने भएकाले उत्सुक देखिन्छन् ।

हिमाली बस्तिमा त यतिखेर हिमाली पंक्षि, जनावर कस्तुरी मृग बेशीतिर झर्ने भएकाले गाउँघरमै आईपुग्छन् । कारण हिउँमा चर्न केही पाईदैन भने ओत लाग्नलाई पनि समस्या हुन्छ ।जाडोका केही फाइदाहरु पनि छन् । विभिन्न चिजबिज खान पाइन्छ, नेपालगञ्जका मानिसहरु आज जाडो मनाउन र जाडोलाई कम बनाई आफूलाई न्यानो बनाउन यिनै खानेकुराको जोहमा देखिन्छन् ।

नेपालगन्जका बासिन्दाले यो जाडोमा केही सावधानी पनि अपनाउनु पर्नेछ । यो जाडोसँगै बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या नआउलान् भन्न सकिँदैन । खानपान र चिसो मौसमबाट जोगिनु पर्ने त्यत्तिकै खाँचो छ । शरीरको तापलाई जोगाई राख्न र न्यानो बनाउन कटनका लुगाभन्दा सिन्थेटिक तथा उनबाट बनेका लुगा लगाउन उपयुक्त देखिन्छ।  यदि यसो गरेनौँ भने जाडो समयमा हुने हाइपोर्थमिया रोगले सताउन सक्छ यसैगरी जाडोमा भाईरस सक्रिय हुने भएकोले रुघाखोकी लाग्न सक्छ, बृद्वबृद्वा र ससाना नानीबाबुलाई श्वासप्रश्वासमा कठिनाई हुन सक्छ । यस्तै बृद्वबृद्वालाई हाडजोर्नी ढाड दुख्न सक्ने भएकोले ब्यायाम गर्ने तातो झोलिलो र खाध्य पदार्थ खान, तातो उमालेको पानी पिउनमा उत्तिकै ध्यान दिनु पर्ने देखिन्छ । कसैकसैलाई जाडोमा बान्ता पनि हुन सक्ने हुन्छ, यसैले जाडो सँग जिस्किनु ख्यालठट्टा गर्न उपयुक्त देखिदैन ।

नेपालगन्जमा जाडोका बैगुनमात्र पनि छैनन् । बजार पनि ब्यस्त देखिन्छ । यहि जाडो याममा घरघरमा सागपात फलेका देखिन्छन् । घरघरमा आलु बन्दागोपी फूल गोपी, टमाटर, भन्टा, मूला फलिरहेका छन् । खाध्य पसलमा हिमाली भेगमा फल्ने, पहाडी भेगमा फल्ने खानेकुरा,खाध्य पदार्थ किन्नेको घुँइचो लागिरहेको देखिन्छ । मासुपसल, फ्रेस पसल ब्यस्त देखिरहेका छन् ।

जाडोमा नेपालगन्जका राँझा एयरपोर्ट, भाटभटेनी मल, काकाँदो चोक, पुष्पलालचोक, धम्बोझी चोक, बिपि चोक, गणेशमानचोक, यस्तै त्रिभुवन चोक, बागेश्वरी मन्दिर, वाटरपार्क, भेरी हस्पिटल  घरवारीटोलका बस्ति र बजार उत्तिकै बाख्ला र घुँइचो लागेका देखिन्छन् ।नेपालगन्जका हेर्ने र घुम्ने ठाउँ पनि यिनै हुन् ।यहि मानिसहरुको वढि आवतजावत हुने गर्दछ ।

समग्रमा आजको नेपालगन्जको जाडो, जाडोमा मात्र सिमित नभइ एक प्रकारको उत्सव जस्तो पनि देखिएको छ । मानिसहरु लाई जाडोबाट साावधान रहन सवक सिकाइरहेको देखिन्छ ।अर्कोतिर जाडो याममा नेपालगन्जले खान मिल्ने कुरा खान र लगाउन मिल्ने लुगा कपडाको बन्दोबस्त गर्न तर्फ पनि जोड दिईरहेको छ । हामी सबैले बुझ्न जरुरी भने जाडोसँगै आफ्ना नियमित कामलाई असर नपर्नेगरी खानपान र शरिरलाई न्यानो राख्न तर्फ सबैले ध्यान दिन जरुरी देखिन्छ ।

नरेन्द्र देवकोटा ( प्रशान्त) २०८०\९\२४ नेपालगन्ज ।


२०८० पुष २५ ०७:५२ बजे

प्रतिक्रिया