गाउँपालीकाको विकृति विसँगती विरुध्द साथ दिन पालीकाकै प्रवक्ताको अपिल

अध्यक्षले बैठक नै स्थगित गरेर हिडे पछि बैठक स्थगित भयो। तर पछि उहाले हामीलाई सुचना नै न गरी गोप्य रूपमा केही निर्णय गरेको जानकारी दिए

bimbonline बिम्ब अनलाइन
२०८० पुष १७ १८:३३ बजे

प्युठान।माण्डवी गाउँपालीमा भएको कमिसन भ्रष्टाचार ढिलासुस्ती र अध्यक्षको व्यक्तिवादीता विरूध्द पालीकाकै प्रवक्ता जितामित्र सुनार र वर्डा अध्यक्ष वाम वहादुर वुढामगरले हिजो एक वक्तव्य निकाली विरोध जनाएका छन। वक्तव्यमा भनिएको छ ।।जनताका स्थानीय स्तरका मुद्दालाई जनताको पक्षमा लागू गर्ने प्रयास गर्ने , खराव काम र प्रवृत्तिको जनताको साथबाट भण्डाफोर , संघर्ष गर्ने प्रण गर्दै गत स्थानीय चुनावमा हामी जनप्रतिनिधिहरु स्थानिय निकायमा सहभागी भएका हौं। स्थानीय तहको राम्रो कामको खुलेर प्रसंसा गरेका छौ र भविष्यमा गर्ने पनि छौ साथै खराव कामको डटेर संघर्ष पनि गरेका छौं र भविष्यमा पनि गर्ने छौ भनिएको छ।

वक्तव्यमा भनिएको छ माण्डवी गाउँपालिकाको २०८० पौष १३ गतेको बैठकमा गाउँ पालिकामा सुशासनको सवालमा लामो समय सम्म उठेको विषयलाई प्रस्ताव बनाएर जाने विषयमा छलफल हुदा अध्यक्षले बैठक नै स्थगित गरेर हिडे पछि बैठक स्थगित भयो। तर पछि उहाले हामीलाई सुचना नै न गरी गोप्य रूपमा केही निर्णय गरेको जानकारी भयो। बैठक स्थगित भएपछि पुनः सुचना नगरी गोप्य रूपमा बैठक गर्नु स्थानीय सरकार संचालन ऐन २०७४ अनुरूप न भएकाले हामीले यस प्रकारको प्रवृत्तिमा हाम्रो आपत्ति रहेको छ र त्यो बैठक उक्त ऐन अनुरूप न भएको हाम्रो ठहर छ ।

२०८०\०५\२१ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार शिक्षा शाखा प्रमुख, योजना शाखा प्रमुख र प्रमुख प्रशासकीय प्रमुखको विचमा भएको किचलोको बिषयमा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले स्पष्ट रूपमा आफ्नो प्रतिवेदनमा साठी हजार शिक्षा शाखा प्रमुख तुलसी कार्कीलाई कमिसन बापतको रकम दिएर मनाउन खोजेको सामाग्री खरिद गर्दा २०\३० प्रतिशत कमिसन आउने खुलासा भएको, यो विषय प्रमुख प्रशासकीय अधिकृतका बिचमा भएको भनेर स्पष्ट उल्लेख गरिएको छ। उक्त प्रतिवेदनले गाउँपालिका कै बदनाम  भएको निष्कर्ष निकालेको छ। उक्त प्रतिवेदनमाथि गाउँ कार्यपालिकाको बैठकमा छलफल गर्न लामो समय देखि अनुरोध गर्दा, गाउँ पालिकाको गठबन्धन दलहरूको बिचमा पटकपटक छलफल र केही निर्णय समेत हुदा गाउँ पालिकाको मुख्य नेतृत्वबाट आलटाल गर्ने काम भयो। २०८० पौष १३ गते त्यो प्रस्तावलाई बैठकमा प्रस्ताव बनाएर छलफल गर्न खोज्दा बैठक नै स्थगित गर्ने काम गरियो ।  माण्डवी गाउँ पालिका वडा नं ५ रम्दीमा सञ्चालित स्वर्गद्वारी एग्रीगेटलाई गाउँ कार्यपालिकाको मिति २०८० श्रावण २१ गतेको निर्णय अनुसार दर्ता प्रमाणपत्र सहित आवश्यक कागजात माग गरिएकोमा प्राप्त कागजात र अन्य कागजात बमोजिम उक्त एग्रीगेटले सञ्चालन गरेको कारोवारमा दर्ता बमोजिम भए न भएको सम्बन्धमा उपाध्यक्ष पुर्ण प्रशाद कालाथोकीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। उक्त समितिले लामो समयसम्म प्रतिवेदन नल्याए पछि उक्त एग्रीगेटले गाँउ पालिकामा पेस गरेको फाईल गाउँ पालिकाको कार्यालयमा न भेटिएको र कता गयो थाहा न भएकोले छानविनको प्रक्रिया अगाडि बढाउन सकिएन भन्ने गैरजिम्मेवार तर्क राख्नु भयो। र कार्यापालिकाको निर्णयलाई निकम्मा गराउने काम भयो ।

आर्थिक वर्ष २०७९  र ८० मा पाठ्यक्रम निर्माण र छपाईका लागि १२ लाख बजेट विनियोजन भएको थियो। तर आज सम्म पनि पाठ्यपुस्तक छपाउने काम गरिएन र माण्डवी गाँउ पालिकाका ३४ सय विद्यार्थीलाई पुस्तक विना नै परिक्षा दिन बाध्य पारिएको छ । २०७९ असोज महिनामा आएको विनाशकारी बर्षाले पालिकाको विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षति र ठूलो जनधनको नोक्सानी भएको थियो। उक्त घटनामा विस्थापित परिवार, मानवीय क्षति भएको परिवार र प्रभावित परिवारको लागि गाउँपलिकामा रहेको झण्डै ६० लाख बराबरको रकमको सदुपयोग भएको छैन। संघ र प्रदेश सरकारले वास्ता न गरेपनि गाउँपालिकावाट भए पनि उक्त रकम संबधित क्षेत्रमा जाने विषयमा आनाकानी गरियो । गाउँपालिका स्तरको खेलकुद विकास समिति निर्माण गर्न पौष १ -१५ गते सम्म वडा स्तरको सकेर पालिका स्तरसम्म पनि गरिसक्ने ६ निर्णय भएको पनि कार्यान्वयन गरिएन र पौष २४,२५,र २६ गते राष्ट्रपति रनिङ शिल्ड २०८० सञ्चालन गर्ने निर्णय हामी कार्य पालीकाका केही सदस्यहरूलाई समेत बैठकको जानकारी नगराई गराउने काम भयो ।

गाउँपालीकामा भएका विकृति विसँगति लाई पालिकाका प्रवक्ताले वक्तव्य मार्फत सार्वजिक गरेको छन। भ्रष्टाचार कमिसन ढिलासुस्तिका विरुध्द सवैको साथ सहयोगका लागी  अपिल  पनि गरेका छन।

 

२०८० पुष १७ १८:३३ बजे

प्रतिक्रिया