अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना

bimbonline बिम्ब अनलाइन
२०८० पुष १५ ११:५७ बजे

काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणलाई अस्पताल भर्ना गरिएको छ । दम बढेपछि गएराति काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको बताइएको छ । 

पार्टी स्रोतले वैद्यलाई राति ८ बजे अस्पताल पुर्याइएको जानकारी दिँदै भन्यो, ‘अवस्था खतरामुक्त छ ।’ अध्यक्षलाई अस्पतालको एनेक्स २ को क्याबिन नम्बर ६१३ मा राखेर उपचार गरिएको छ ।


२०८० पुष १५ ११:५७ बजे

प्रतिक्रिया