वालकुमारी हत्याकाण्डको मशालले गर्यो भत्सना

पीडितलाई क्षतिपूर्ति घाइतेको उपचार गिरफ्तार युवाहरूलाई तत्काल बिनाशर्त रिहाई गर्न माग गरिएको छ

bimbonline बिम्ब अनलाइन
२०८० पुष १३ २०:०७ बजे

काठमाण्डौ। नेकपा(मशाल) महासचिव सन्तवहादुर नेपालीले आज एक वक्तव्य जारी गर्दै भनेका छन।  आज २०८० पौष १३ गतेका दिन ललितपुरको बालकुमारीमा इपिएस कार्यालय नजिकै सरकारसँग इपिएस कोटाको भाषा परिक्षामा असफल भएका भनिएका युवाहरूले गरेको प्रर्दशनमा प्रहरीले गरेको दमन र हत्याको मशालले घोर विरोध तथा भत्र्सना गर्दछ भनिएको छ।

  वक्तव्यमा अगाडी भनिएको छ प्रहरीको दमनबाट दुई युवाहरू, २३ वर्षीय सुजन राउत र डोटीका विरेन्द्र शाहको ज्यान गएको छ । प्रहरीले उनीहरूमाथि अश्रु ग्यास तथा गोली प्रहार गरेको छ । कैयौँ घाईतेहरूलाई अस्पतालमा पुन्ईयाएको छ । प्रहरीले कैयौँ युवाहरूलाई गिरफ्तार पनि गरेको छ । उनीहरू विदेशमा पसिना बेच्न जान पाउने व्यवस्था गर्न मात्र सरकारसँग माग गरेका थिए । तर उनीहरूको सामान्य माग पनि सरकारले पुरा नगरी उल्टै युवाहरूको ज्यान लिएको छ ।

सरकार कुन अवस्थामा रहेको छ र नेपाली युवाहरूले रोजगारीको लागि कति दुःख भोग्नु परेको छ भन्ने यो घटनाले देखाएको छ । यो दुःखद घटनामा मृत्युवरण गर्ने ती दुई होनहार युवाहरूप्रति मशाल पार्टी श्रद्धान्जली प्रकट गर्दछ । साथै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछ । त्यसका साथै घाईतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना, पीडितलाई राहत र क्षतिपूर्तिको माग गर्दै गिरफ्तार युवाहरूलाई तत्काल बिनाशर्त रिहाईको जोडदार माग गर्दछ । यस घटनाका दोषीहरूलाई तत्कालै कारबाहीको पनि माग गर्दछ भनि वक्तव्यमा उल्लेख गरिएको छन।

२०८० पुष १३ २०:०७ बजे

प्रतिक्रिया