भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

bimbonline बिम्ब अनलाइन
२०८० पुष १३ १३:५३ बजे

काठमाडौं– ललितपुरको ग्वार्कोमा एउटा गाडीमा आगजनी भएको छ। मन्त्रीले प्रयोग गर्ने नम्बरप्लेट भएको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको हो। जलाइएको गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भएको बुझिएको छ। 

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका छन्। 

प्रदर्शनका क्रममा उनीहरुले सडकमा ढुङ्गामुढा गर्नुका साथै गाडीमा समेत आगजनी र तोडफोड गरेका थिए। उक्त क्षेत्र अहिले तनावग्रस्त बनेको छ।



२०८० पुष १३ १३:५३ बजे

प्रतिक्रिया