मशालले देशभरी वनायो १३१औ माओ जन्म दिवश

bimbonline बिम्ब अनलाइन
२०८० पुष ११ ०९:०२ बजे

काठमाण्डौ। नेकपा(मशाल)ले देशका विभिन्न जिल्लामा एकल वा सयुक्तरुपमा १३१ औ माओको जन्मदिवश वनाएको छ। नवलपुर,रुपन्देहि, काठमाण्डौ ,कोशी व्युरो, दाङ  कपिलवस्तुमा जिल्ला  र प्रदेशस्तरिय कार्यक्रम सम्पन्न गरेका छन।

१३१औ माओ जन्म दिवशको सन्दर्भमा  नेकपा((मशाल) केन्द्रिय कार्यालयको आयोजनामा हिजो साझ ६ वजे भ्रच्युल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता तथा सञ्चालन नेकपा(मशाल)का पिविएम चिन्तामणी शर्माले गर्नुँभएको थियो। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यालय सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले माओका योगदान वारे कुरा राख्नु भयो। कार्यक्रमका प्रमुख अथिति नेकपा( मशाल)का महासचिव सन्त वहादुर नेपालले अर्ध सामान्ती र अर्धउपनिवेशिक देशमा माओका योगदान सार्वभौम रुपमा लागु हुने कुरा वताउदै माओले माक्सवाद र लेनिनवादको सृजनात्मक विकास गरेको हुदा नेपालको सन्दर्भमा  पनि माओका सार्वभौम सिदान्तको  महत्व रहेको कुरा वताउनु भयो।

क्रान्तिकारी युवा ध्दारा लाल मार्च 

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल  निकट क्रान्तिकारी युवा सँधले हिजो माओ दिवशको सन्दर्भमा काठमाण्डौमा हजारौ जनताको सहभागीतामा लाल मार्च सञ्चालन गर्यो। कार्यक्रमका प्रमुख अथिति क्रान्तिकारी कम्युनिषष्ट पार्टीका  अध्यक्ष मोहन वैध्य किरण हुनुहुन्थ्यो। कार्यक्रममा प्रहरीले हस्ताक्षेप गर्न खोजे पनि सानदाररुपमा सम्पन्न भएको थियो।


२०८० पुष ११ ०९:०२ बजे

प्रतिक्रिया