प्रचण्डसँग बालुवाटारमा देउवा र ओलीको भेट

bimbonline बिम्ब अनलाइन
२०८० पुष ८ १३:५१ बजे

 काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले भेटघाट जारी छ ।  भेटमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी हुनुहुन्छ ।

संसदमा विचाराधीन टिआरसी विधेयक, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न प्रमुख पार्टीका शीर्ष नेताहरुले भेट गरेको बताइएको छ ।


२०८० पुष ८ १३:५१ बजे

प्रतिक्रिया