मोरङका कैदीबन्दीमा कोरोना संक्रमण तिव्र

मोरङका कैदीबन्दीमा कोरोना संक्रमण तिव्र

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १ १७:२८ बजे
कोरोना

 काठमाडौ ।   मोरङ कारागारमा २३ जनाभन्दा बढीमा  कोरोना संक्रमण पुष्टि भएपछि भएको  छ ।  एका-एक धेरैमा कोराना देखीएपछि  विराटनगरमा सतर्कता अपनाउन प्रशासन र महानगरले अपिल जारी गरेको छ ।

स्वास्थ्य सतर्कता अपनाउन, मास्क अनिवार्य लगाउन सर्वसाधारणलाई  अपिल गरीएको हो । 

विराटनगर क्षेत्रमा लामो समयदेखि कोरोना संक्रमण मत्थर थियो। गएको साता कारागारका १६ जना कैदीबन्दीलाई एकैपटक उच्च ज्वरोसहितको लक्षण देखिएपछि परीक्षण गरिएको थियो। त्यसक्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले संक्रमित कैदीबन्दीको संख्या २३  रहेको छ।

कैदीहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भएपछि जनस्वास्थ्य कार्यालयले कैदीबन्दीहरुलाई कोरोनाविरुद्धको खोप दिन  सुरु गरेको छ । दुई दिनयता सोहि क्रममा  ६२० जना कैदीबन्दीलाई खोप दिइएको जिल्ला प्रशासन कार्यालयले  बताएको छ ।

कूल ३५० जना क्षमताको मोरङ कारागारमा एक हजारभन्दा बढी कैदीबन्दी खचाखच छन्।

२०७९ साउन १ १७:२८ बजे

प्रतिक्रिया