मशाल नेता भण्डारी र एस.यु.सि.आई.का नेताहरुबिच भेटघाट

bimbonline बिम्ब अनलाइन
२०८० पुष ५ ०९:१८ बजे

नयाँदिल्ली । नेपाल कम्युनिस्ट पार्टी ( मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारी र एस.यु.सि.आई. (भारतीय समाजवादी एकता केन्द्र, कम्युनिस्ट ) का केन्द्रीय नेताहरु प्रानराज शर्मा र के. सी. तिवारी वीच दिल्ली स्थित एस.यु.सि.आई.को कार्यालयमा भेटघाट भएकोछ । डिसेम्बर १९ का दिन भएको भेटघाटमा भण्डारीसित अभानेएसका केन्द्रीय सचिव नारायण शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।

भेटघाटका क्रममा नेता प्रानराज शर्माले भारतीय कम्युनिस्ट आन्दोलनको स्थिति बारे बताउनु भएको थियो भने मशालका केन्द्रीय सदस्य भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनको अवस्थाबारे स्पष्ट पार्नु भएको थियो ।

नेता शर्माले कम्युनिस्टहरुले कम्युनिस्ट संस्कृति निर्माणमा विशेष ध्यान दिनु पर्ने बताउनु भएको थियो । शर्माले नेपालको कम्युनिस्ट आन्दोलन यति धेरै भ्रष्टीकरण होला भन्ने नसोचेको र यो निकै दुःखत कुरा हो भन्नू भएकोथियो । भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो भड्काव, पलायनता र निराशा आएको भए पनि कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने प्रयास भैरहेको छ भन्नू भयो ।

भण्डारी अहिले भारतस्थित नेपालीहरुको वीचमा प्रशिक्षण र भेटघाटका क्रममा दिल्ली गएका अवसरमा एस. यु. सि.आई. का नेताहरु सित भेट गर्नु भएको हो ।


२०८० पुष ५ ०९:१८ बजे

प्रतिक्रिया