धनकुटामा एमाले अध्यक्ष ओलीमाथि जातिवादीहरुले झुक्याएर गर्नखोजे हातपात

हातपातकर्ताले रक्सीसेवन गरेको प्रहरीले जनाएका छन।

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर २८ १७:१७ बजे

काठमाण्डौ । धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि जातिवादीहरुले  झुक्याएर हातपातको प्रयास भएको छ । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुग्नुभएका ओलीमाथि आज बिहीवार हातपात प्रयास भएको हो ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका–५ लेगुवामा ओलीमाथि लेगुवाकै महेश राईले हातपातको प्रयास गरेका हुन् । ओलीमाथि हातपात प्रयास गर्ने राईलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिनुभयो ।

उनी पुर्वमा रहेका विभिन्न जातिय सँगठनका व्यक्ति हुन सक्ने प्रहरीले आशँका गरेका छन। जातिवादीहरुले केपि ओलीको अभियानमा अवरोध गर्दै आएका थिए।राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओलीमाथि हातपातको प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड–रक्सी खाएका थिए ।यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्राको आज १५ औँ दिन हो ।


२०८० मंसिर २८ १७:१७ बजे

प्रतिक्रिया