मेयर उपमेयरको विवादमा जनताको मृत्यु

मेयर उपमेयरको स्वार्थको विवादमा जनताको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर २७ १८:५७ बजे

बारा ।  बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा मेयर र उपमेयरका दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो । 

नगरपालिका कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सिम्रौनगढ नगरपालिका वडा नं. १ बस्ने अन्दाजी २५ वर्षका लक्ष्मी मुखियाको निधन भएको पुष्टि गर्नुभयो ।

नगरपालीकामा विवाद मेयर र उपमेयरका विच भए पनि दुवै पक्षका समर्थकहरु विच झडप हुदा प्रहरीको गोली लागी एक जना सर्वसाधारणको मृत्यु भएको छ। मेयर उपमेयरको स्वार्थका लागी जनताले ज्यान गुमाउनु परेको छ।


२०८० मंसिर २७ १८:५७ बजे

प्रतिक्रिया