भ्रष्टाचारले गर्दा सरकारले ऋण निकालेर कर्मचारीलाई तलव ख्वाँउने अवस्था सृजना भयो- केपी शर्मा ओली अध्यक्ष नेकपा(एमाले)

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ ।

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर १५ १८:४२ बजे

डडेल्धुरा। नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले भ्रष्टाचारीहरु लाई कार्वाही नगरेका कारण देशलाई बन्धक बनाएर आर्थिक संकट निम्त्याएको बताउनु भएको छ । 

 कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत आज आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो । देशमा गठबन्धन सरकार छ जही तही भ्रष्टाचार मौलाउदै छ सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीको तलब खुवाउने अबस्था सिर्जना भएको छ ओलीले भन्नुभयो— भागबण्डाका लागी गठबन्धन गरेर देश बर्बाद तर्फ धकेलेको वताए तर  आफ्नो पार्टीले राज्यका विभिन्न पदमा लिएको भाग वारे केहि वताइन्न।

 एमालेको नेतृत्वमा सरकार हुदाँ ल्याएको बिकास र परियोजनाहरुको बजेट कटौती गरेर देशलाई असफल बनाउन तर्फ लागीरहेको ओलीको आरोप थियो । कांग्रेसले आफ्नो सिद्धान्तलाई तिलान्जली दिँदै प्रचण्डको भरिया भएकाले कांग्रेस र वर्तमान सरकार बीच कुनै भिन्नता नरहेको बताउनुभयो । सरकार माओवादीको नीतिमा प्रचण्ड पथमा हिँड्न खोजेको अध्यक्ष ओलीले टिप्पणी थियो । उहाँले भन्नुभयो, ‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ । आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो होइन अदालतले भन्ला ।’ भनि भुटानी शरर्णार्थी प्रकरणमा जेल परेका वालकृष्ण खाँण समेत प्रति सहानभुति व्यक्त गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं । यही बीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं । यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समयमा यो गठबन्धन छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन । डडेल्धुराको जनसभालाई सम्बोधन गरेर अध्यक्ष ओली डोटी प्रस्थान गर्नुभएको छ । नेता ओलीले डडेल्धुराको अमरगढी किल्ला,सहिद भीमदत्त पन्तको सालिक र उग्रतारा मन्दिर लगायतको अबलोकन गर्नुभएको छ । 

सरकारका कारण अन्योल र निराशा बढाउँदा जनता पलायन हुने क्रम बढेको र प्रतिगामी शक्तिहरू सक्रिय बन्न थालेको समेत उनको टिप्पणी छ । अभियानमा ओली संगैं एमालेका केन्द्रीय नेताहरुको बाक्लो सहभागीता रहेको छ । 


२०८० मंसिर १५ १८:४२ बजे

प्रतिक्रिया