प्रतिगामी चलखेल वारे सचेत वनौ

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर ७ १९:०८ बजे

काठमाण्डौ। संसदबादी राजनीतिक  पार्टीहरु ने.का.,नेकपा(एमाले) नेकपा(माओवादी केन्द्र)ले  राजनितिक मूल्य मान्यतामा रहेर सही ढंगले पटक्कै शासन सञ्चालन गर्न नसकी केवल संकीर्ण सत्ता स्वार्थका लागि मागि खाने र भ्रष्टाचारको भाँडो वनाउदा देशमा ब्यापक बिकृति र बिसगति ब्याप्त भएकोछ। नेपाली जनता बिचको सामाजिक सद्भाब नराम्रोसंग खल्बलिएको, अर्थतन्त्र डामाडोल भएर नाजुक अबस्थाबाट गुज्रिरहेको तथा बिदेशी हस्तक्षेप अझ तीब्र बनेको र समग्रमा देश र जनता भयावह संकटको भुवरीमा परिरहेको आजको अत्यन्तै अबाञ्छित र अस्वीकार्य स्थिति  बिकसित भएको छ।

यसको विकल्पमा  प्रगतिशिल अग्रगामी  परिवर्तन नै आवश्यक भए पनि विदेशीको निर्देशनमा देश र जनतालई यथास्थितिको अँध्यारोमै अल्मल्याउन र प्रतिगमनको बाटो लाग्नका लागी कथित  प्रतिगामी- विदेशिका दलालहरुले शक्ति प्रदर्शन गर्ने गतिबिधिको  नेपाल कम्युनिष्ट पार्टीको निन्दा र भत्सना गर्दछ।

प्रतिगामीहरुको उदेश्य भनेको परिबर्तनकारी नेपाली जन आन्दोलनका सीमित  उपलब्धीहरुलाई पनि समाप्त पार्ने र देश र जनतालाई अधोगामी दिशामा धकेल्ने हो । त्यसका बिरुद्ध सम्पूर्ण क्रान्तिकारी, जनवादी,प्रगतिशील देशभक्त शक्ति, दल, समूह र ब्यक्ति समेत गम्भीररुपमा संबेदनशील र एकजुट भएर संघर्षरत हुनु आजको सर्बोपरी आवश्यकता ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले आज एक वक्तव्य जारी गरी वताएका छन।



२०८० मंसिर ७ १९:०८ बजे

प्रतिक्रिया