भूकम्प पीडितलाई सरकारले ५० हजार प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न दिने

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक २६ ०९:१२ बजे

काठमाण्डौ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा घरबास गुमाएका पीडितलाई सरकारले अस्थायी आवास( घर टहरा) बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । पीडित परिवारलाई अस्थायी आवासका लागि जस्तापाता खरिदलगायत निर्माण सामग्रीका लागि राहत दिने सरकारको तयारी छ ।

अघिल्लो हप्ता शुक्रवार मध्यराति गएको भूकम्पमा पूर्ण र आंशिक गरी ६२ हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । क्षतिग्रस्त क्षेत्रमा तिहारपछि पुनर्निर्माणको काम थाल्ने सरकारको तयारी छ । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितले पाउन नसकेको गुनासो पनि छ ।


२०८० कात्तिक २६ ०९:१२ बजे

प्रतिक्रिया