तोलामा चार सयले घट्यो सुनको मूल्य

तोलामा चार सयले घट्यो सुनको मूल्य

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३ १३:५० बजे
सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला चार सय रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार चार सय थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपियाँले घटेर एक हजार एक सय ८५ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

२०७९ भदौ ३ १३:५० बजे

प्रतिक्रिया