औषधी सहित क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु जाजरकोट प्रस्थान

७ लाख बराबरको औषधी राहत टोलीलाई हस्तान्तरण

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक २१ ०८:३६ बजे

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको स्वास्थ्य उपचारलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एक टोली सोमबार जाजरकोट प्रस्थान गरेको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेलले सोमबार पार्टी कार्यालय कुपण्डोलमा टोलीलाई पार्टीको झण्डासहित ७ लाख बराबरको औषधी राहत टोलीलाई हस्तान्तरण गर्नुभएको छ । भुकम्प पीडितहरुको राहत र उद्दारका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउने दीपक नेतृत्वको टोली खटिएको छ । उक्त टोलीमा चिकित्सकहरुको टोली समेत घाइते तथा विरामीहरुको उपचारमा सक्रिय रहेको छ ।

सो टोलीले शुक्रबार राती गएको भुकम्पमा परी घाइते भएका नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगञ्जका विभिन्न अस्पतालहरुमा पुगेको थियो ।  ६ नं. पार्टी इन्चार्ज समेत रहनु भएका नेता चलाउने नेतृत्वको टोलीले उपचारमा रहेका घाइतेहरुलाई फलफुल वितरण गरेको थियो । साथै भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा र भाँडाकुडाका साथै अत्यावश्यक औषधी लगायतका सामग्री वितरण गर्ने जनाएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोट र केन्द्र, प्रदेश र स्थानीय सरकारको समेत समन्वयमा पीडितहरुलाई उक्त राहत सामग्री वितरण गरिने जनाइएको छ ।


२०८० कात्तिक २१ ०८:३६ बजे

प्रतिक्रिया