काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँबाट मंसिरमा हुने संघको निर्वाचनमा लड्ने भएको छन् । शुक्रबार दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले तनहुँको क्षेत्र नम्बर १ बाट लड्ने बताएका हुन् ।
पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र गृह जिल्लाका केन्द्रीय सदस्यहरुसँग यस विषयमा सहमति भइसकेको र आफू तनहुँ १ बाट उम्मेदवार बन्ने पक्का भएको बताएका हुन् ।
उनले भने , 'मैले लड्ने भए पछि दाबी लाग्दैन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि कुरा भएको छ । समाजवादीलाई अन्य स्थानमा व्यवस्थापन गरिने छ '।
वरिष्ठ नेता पौडेल २०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा तत्कालिन नेकपा (एमाले) का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग पराजित भएका थिए । श्रेष्ठ हाल नेकपा एकीकृत समाजवादीमा रहेका छन् ।
प्रतिक्रिया