उपलब्धि विहीन संसद बैठक कानुन निर्माणमा वेवास्ता

बजेटसँग र मिटरब्याजसँग सम्बन्धित विधेयकलाई मात्र पारित गर्नसक्यो । अन्य कुनै कानुन निर्माण गर्न सकेन

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १९ १९:२९ बजे

काठमाडौं ।  विभिन्न पटक बसेको संघीय संसद बैठक उपलब्धि विहीन बनेको छ । सांसदहरु जिम्मेवारीबाट पन्छिएका छन् । १ सय ८० दिन सम्म अधिवेशन चालु रहँदापनि कानुन निर्माणको मुख्य कार्यभार रहेको जनप्रतिनिधि थलो प्रतिनिधिसभाले कानुन निर्माणमा भने ठोस प्रगति हासिल गर्न सकेन । संसदले कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्न नसकेकोमा प्रमुख दलको साझा धारणा देखिए पनि त्यसको दोषबाट आफूहरु भने पन्छिने गरेका छन् । 

प्रतिनिधिसभाको दोस्रो अधिवेशन २०८० साल वैशाख २४ गते आइतवार प्रारम्भ भई २०८० साल कार्तिक १६ गते बिहीवार अन्त्य भइसकेको छ  ।  १ सय ८० दिन चालु रहेकोमा ६१ दिनमा ६५ पटक बैठक बसी जम्मा २४४ घण्टा ५० मिनेट ससंदीय काम कारवाही गरेको विवरण संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ । 

६ महिनाको अवधिमा संघीय संसदको संयुक्त सदनको जम्मा ६ वटा बैठक बसी ७ घण्टा ५ मिनेट समय व्यतित भएकोे छ । तर, यति लामो समयसम्म अधिवेशन चालु रहँदापनि कानुन निर्माणको मुख्य कार्यभार रहेको जनप्रतिनिधि थलो प्रतिनिधिसभाले कानुन निर्माणमा भने ठोस प्रगति हासिल गर्न नसकेर वेवास्ता गरेको देखिन्छ । बजेट अधिवेशनको रुपमा लिइने यस अधिवेशनले बजेटसँग सम्बन्धित विधेयकको अलवा मिटरब्याजसँग सम्बन्धित विधेयकलाई मात्र पारित गर्नसक्यो । यसले कानुन निर्माणमा राजनीतिक दलको बेवास्तालाई छर्लङ्ग पारेको छ । 


२०८० कात्तिक १९ १९:२९ बजे

प्रतिक्रिया