प्यालेस्टाइनीको न्यायपूर्ण युध्दको पक्षमा नेपालमा प्रर्दशन

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १८ १८:४९ बजे

 काठमाण्डौ। राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाललेआयोजना गरिएको  विरोध कार्यक्रममा “युद्ध बन्द गर , गाजा माथिको आक्रामण बन्द गर , गाजा क्षेत्रमा तत्काल युद्धविराम लागु गर , गाजा क्षेत्रको नाकाबन्दी अन्त्य गर , प्यालेस्टाइन जनताको भूभाग फिर्ता गर , गाजामा इजरायली कब्जा अन्त्य गर , प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गरौं , युद्धको चपेटामा परी ज्यान गुमाएका नेपालीहरुको परिवारलाई यथेष्ट क्षतिपूर्ति प्रदान गर । लगायतका नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै कार्यक्रमा नेकपा (मशाल)का महासचिव सन्तवहादुर नेपालीले देशमा भूकम्प आइ  दुःखमा परेको बेला पनि हामीले प्यालेस्टाइन जनताको पीडा देखेर सडकमा आई ऐक्यबद्धता जाहेर गर्नु परेको स्पष्ट गर्नु भयो । महासचिव नेपालीले प्यालेस्टानीहरु माथिको नरसंहार तत्काल बन्द गर्नु पर्ने, युद्ध बिराम गर्नु पर्ने, प्यालेस्टाइनहरुको अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने बताउनु भयो । विरोध कार्यक्रम लाइ लोकनारायण सुवेदीले सम्वोधन र पुष्कर गौतमको सञ्चालन रहेको थियो।

२०८० कात्तिक १८ १८:४९ बजे

प्रतिक्रिया