भूकम्प पीडितहरुको तत्काल राहत, उद्दार र ब्यबस्थापन गर्न सरकार सँग मशालको आग्रह

पार्टी पक्ति भूकम्प पीडितहरुको उध्दारमा लाग्न निर्देशन, मृतक प्रति भाबपूर्ण श्रद्धाञ्जली

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १८ १४:३५ बजे

काठमाण्डौ। नेकपा(मशाल) का महासचिव सन्तवहादुर नेपालीले एक वक्तव्य आज जारी गर्दै जाजरकोटलाई केन्द्रबिन्दु बनाएर २०८० कार्तिक १७ गते करिब १२ बजे ६.४ रेक्टरको भूकम्प गएकोछ । भूकम्पबाट अहिले सम्म सय भन्दा  बढी नागरिकको मृत्यु भएको र सयौं घाइते अबस्थामा  रहेकोछ । यस प्राकृतिक बिपत्तिमा परी मृत्युवरण गर्ने आम नागरिकहरु प्रति भाबपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै  घाइते दाजुभाइ दिदीबहिनी, बालबालिकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । 

 बिपदको यस घडीमा भूकम्प पीडितहरुको तत्काल राहत, उद्दार र ब्यबस्थापनका लागि सरकार सँग जोडदार माग गर्दछ । त्यसका साथै बिपदमा परेका जनतालाई सहयोग र उद्दारका लागि  पार्टी पंक्ति तथा सबै संघ संस्थाहरु सित पनि अपील गर्दछौ भनि वक्तव्यमा उल्लेख गरेका छन। 



२०८० कात्तिक १८ १४:३५ बजे

प्रतिक्रिया