नेदरल्यान्डसँगको एकदिवसीय क्रिकेटमा पाकिस्तानको जित

नेदरल्यान्डसँगको एकदिवसीय क्रिकेटमा पाकिस्तानको जित

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३ ०८:४७ बजे
पाकिस्तान

काठमाडौं ।  घरेलु टोली नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले  दुई खेल जितेको छ , गएराति भएको दोस्रो एकदिवसीयमा नेदरल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले  खुई खेल जितेको हो । 

घरेलु टोलीले दिएको १ सय ८७  रनको लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर  भेटाएको हो । पाकिस्तानका लागि मोहम्मद रिजवान, बाबर अजाम र आगा सलमानले अर्धशतकीय पारी खेले  भने रिजवानले अविजित ६९ रन बनाए ।

त्यस्तै कप्तान बाबरले ५७ र सलमानले अविजित ५० रन बनाए । नेदरल्यान्डका भिभिएन किङ्ग्माले २ तथा आर्यान दत्तले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्डले ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ८६ रन बनाएको थियो । उसका बास डी लिड र टम कुपरले अर्धशतकीय पारी खेले । लिडले ८९ तथा कुपरले ६६ रन बनाए ।

खेलमा पाकिस्तानका हरिस रउफ तथा मोहम्मद नवाजले समान ३/३ विकेट लिए । नसिम साहले २ तथा सादव खान र मोहम्मद वासिमले समान १/१ विकेट लिए । 

२०७९ भदौ ३ ०८:४७ बजे

प्रतिक्रिया