प्यालेस्टाइनी न्यायपूर्ण सङ्घर्षको समर्थनमा भोली नेपालमा प्रर्दशन हुने

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १७ १८:३२ बजे

काठमाण्डौ। नेकपा(मशाल)को नेतृत्वमा रहेको राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले प्यालेस्टाइनी न्यायपूर्ण सङ्घर्षप्रति ऐक्यबद्धता र अमेरिका लगायतका पश्चिमा साम्राज्यवादीहरूको डिजाइन, उक्साहट र सहयोगमा इजरायलले प्यालेस्टाइनी जनतामाथि गााजा क्षेत्रमा मच्चाइरहेको चरम अमानवीय र क्रूरतम आपराधिक हत्या–आतङ्क र दमनको विरुद्धमा तथा स्वतन्त्र राज्य प्यालेस्टाइन र प्यालेस्टाइनी जनताको स्वाधीनता र स्वतन्त्रताको निम्ति अनवरतरूप चलाउदै आएको प्रतिरोध सङ्घर्षको पक्षमा  भोली दिउसो २०८० कार्तिक १८ गते (शनिवार) तदनुसार ४ नोभेम्बर २०२३ का दिन दिउसो १ बजे मण्डलामा विरोध प्रर्दशन गर्ने कुरा मोर्चा सँयोजक सन्त वहादुर नेपालीले आज एक विज्ञप्ति मार्फत जनाएका छन।

 राज्य विहीनताको पीडा भोगिरहेका तथा स्वतन्त्र र स्वाधीन प्यालेस्टाइन राज्यको प्राप्तिको निम्ति बाधक बनेको अमेरिकी साम्राज्यवादको आडधापमा चल्ने आतङ्ककारी नृशंस हत्यारा इजरायलद्वारा न्यायप्रेमी प्यालेस्टिनी जनता र निहत्था र निर्दोष बालबालिका, बिरामी, चिकित्सक, बूढाबूढीहरू र सञ्चारकर्मी विरुद्ध अहिले पछिल्लो समयमा इजरायलले मानववस्ती, विद्यालय र अस्पतालहरूमा समेत गरिरहेको विध्वंशकारी हत्या अभियानको मोर्चाले निन्दा र भत्र्सना गरेको छ। ।

प्यालेस्टाइनी जनतामाथिको यस्तो बर्बर आक्रमणमा निहत्था र निरीह नागरिकहरूको मात्र होइन, अबोध महिलाहरू र अस्पतालका चिकित्साकर्मी, पत्रकार, कूटनीतिज्ञ र असंलग्न विदेसी नागरिक समेत मारिएका छन् । त्यसबाट त्यहाँ घोर मानवीय सङ्कट पैदा भएको छ । यस प्रकारको अत्यन्तै अमानवीय, अन्यायपूर्ण र नादीरशाही दमनकार्यको जति निन्दा, भत्र्सना र घृणा गरेपनि कम हुन्छ।   साथै यससन्दर्भमा उल्लेख्य कुरा के छ भने एउटै पुर्खाका सन्ततिहरूलाई धर्मको नाममा इजरायली र प्यालेस्टाइनीहरू अर्थात् यहुदी र मुस्लिमहरूलाई दुई विपरीत जाति र ध्रुवमा विभाजित गर्ने, लडाउने र त्यसैबिचबाट सम्पूर्ण अरबको तेल कब्जा गर्ने सुनियोजित रणनीतिमा विगत लामो समयदेखि पश्चिमा साम्राज्यवादीहरू खासगरी विश्वकै नं. एक दादा अमेरिकी साम्राज्यवाद लागिपरेको छ र अहिले पनि शान्ति वार्ता हुन नदिन, दुई धर्मावलम्बीबीच मेलमिलाप र सद्भाव–सहकार्य हुन नदिन र अलग राष्ट्रको रूपमा प्यालेस्टाइनलाई मान्यता नदिनको लागि अहं भूमिका अमेरिकी साम्राज्यवाद खुलै र नाङ्गै रूपमा लागिपरेको छ । यस कुराको पछिल्लो प्रमाणस्वरूप संयुक्त राष्ट्रसङ्घको युद्ध रोकेर वार्ताद्वारा समस्या हल गर्ने प्रयास र प्रस्तावमा अमेरिकाले भिटो लगाएर अवरोध गरेकोलाई लिन सकिन्छ ।

अमेरिकी उक्साहटमा इजरायल यो हत्या अभियानमा उत्रदा नौहजार भन्दा बढी प्यालेस्टिनीहरूको निर्मम हत्या गरेको छ, जसमध्ये तिन  हजार भन्दा बढी त बालबालिका नै छन् । लक्षित बमबारीका क्षेत्रहरूमा घना बस्ती, विद्यालयहरू, अस्पतालहरू, पानी प्रदायक संस्थाहरू, विद्युत प्रदायक संस्थाहरू तथा सञ्चारमाध्यमहरू समेतलाई योजनाबध्द तरिकाले छनोट गरी आक्रमणको निशाना बनाएबाटै यो आक्रमण अति नै क्रूर र अमानवीय दिशामा अग्रसर छ भन्ने कुरा एकदमै प्रष्ट भएको छ । 

यस सन्दर्भमा २०८० कार्तिक १८ गते (शनिवार) तदनुसार ४ नोभेम्बर २०२३ का दिन दिउसो २ बजे मण्डलामा ऐक्यबद्धता प्रर्दशनमा सहभागीताका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी न्यायप्रेमी, राष्ट्रिय स्वाधीनताप्रेमी तथा सम्पूर्ण साम्राज्यबाद र बाह्य हस्तक्षेप बिरोधी न्यायप्रेमी जन समुदायलाई उपस्थित हुन मोर्चाले  विज्ञप्ति मार्फत बिशेष अनुरोध गरेको वताइन्छ ।


२०८० कात्तिक १७ १८:३२ बजे

प्रतिक्रिया