रिगलको कैद मिनाहा सर्वोच्चद्वारा बदर ,आजै जेलचलान हुदै

प्रधानमत्री र राष्टपति गम्भीर नैतिक सँकटमा

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १६ १७:३० बजे

काठमाण्डौ। २०७२ असार २८ गते नेपालगञ्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका रिगल भनिने योगप्रसाद ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको कैद मिनाहलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।  रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा कैद मिनाहा गरिदिनुभएको थियो । सरकारको सिफारिस र राष्ट्रपतिको स्वीकृति विरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दिनुभएको थियो ।

रिटमाथि आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गरेको कैद मिनाहलाई कानुन विपरीत भएको ठहर गर्दै बदर गरिदिएको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकूल देखिएको’ भनेको छ । सर्वोच्चले रिगललाई तत्कालै पक्राउ गरेर थुनामा पठाउन उत्प्रेषणको आदेश जारी गरेपछि रिगल आजै नेपालगञ्ज वाट प्रहरीले गिरफ्तार गरेर जेल चलान गरिदै छ। वाकी रहेको कैद भुक्तान भए पछि मात्र अव रिगल खुल्ला सँसारमा आउने छन।


२०८० कात्तिक १६ १७:३० बजे

प्रतिक्रिया