नेपालमा एक महिनामा १ लाख भन्दा वढि पर्यटक आए

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १५ १९:२९ बजे

काठमाण्डौ।  अक्टोवर  महिनामा नेपालमा १ लाख १७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक आएका छन् । यो सङ्ख्या कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ को तुलनामा ६ प्रतिशतले धेरै हो ।

अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४ सय ८० जना पर्यटक आएका छन् । यस्तै अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय १६, फ्रान्सबाट ५ हजार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ जना पर्यटक आएका छन् ।

यो अङ्ग्रेजी वर्षको १० महिना अर्थात् जनवरीदेखि अक्टोबरसम्म नेपालमा ८ लाख ९ हजार ६ सय ७८ जना पर्यटक नेपाल आएका छन् ।



२०८० कात्तिक १५ १९:२९ बजे

प्रतिक्रिया