संसदमा बाँस्कोटाकाे सत्तापक्षलाई च्यालेन्ज : नागरिकता विधेयक फिर्ता पठाएको गल्ती छ भने च्यातेर देखाउनुस्

संसदमा बाँस्कोटाकाे सत्तापक्षलाई च्यालेन्ज : नागरिकता विधेयक फिर्ता पठाएको गल्ती छ भने च्यातेर देखाउनुस्

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १६:४३ बजे
गोकुलप्रसाद बाँस्कोटा


काठमाडौं ।  आज बसेको प्रतिनिधिसभाको  बैठकमा नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो बनाउन  नहुने बताएका छन् । 

 उनले विश्वका अधिकांश देशमा नागरिकतालाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशबाट सिकेर भए पनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको  औल्याएका छन् ।   

हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको  भन्दै सत्ता गठबन्धनको गलपासोका रूपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जान नहुने बताएका छन् ।  

 उनले भने , ‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन। पछि यसका दूरगामी परिणाम देखिन्छन् । 'नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर हुँदैन। यो नेपाली जाति र नेपाल राष्ट्रका नागरिकले प्राप्त गर्ने कुरा हो। यसमा कसैको विभेदको दृष्टिकोण छ जस्तो लाग्दैन।’

 उनले   संविधान बमोजिम नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताए। उनले यदि राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारूढ दलका सांसदलाई चुनौती दिए। 

‘संविधान बमोजिम राष्ट्रपतिले पठाउनु भयो । यसमा प्रश्न उठाउनेरु मिल्छ त्योरु कि त भन्नुपर्छ। संविधानको यो नियमअनुसार गल्ती छ भने यो पत्र च्यातेर देखाउनुस् न सक्नुहुन्छरु त्यो त सक्नुहुँदैन।’ बाँस्कोटाले सत्तापक्षले प्रतिपक्षले रङ फेरेको आरोप लगाएको भन्दै रङ प्रतिपक्षले नभइ सत्तापक्षले नै फेरिरहेको दाबी गरे।

२०७९ भदौ २ १६:४३ बजे

प्रतिक्रिया