प्यालेस्टाइन माथिको युद्ध अपराधका विरुध्द नेपालमा प्रदर्शन

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक २ ०८:५२ बजे

काठमाण्डौ।मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै काठमाडौंस्थित इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा गएको टोलीले इजरायली दुताावासमा ज्ञापन पत्र बुझाउन प्रयास गरे पनि दुतावासले ज्ञापन पत्र बुझ्न नमानेपछि सडकमै प्रदर्शनसहित ज्ञापन पत्र वाचन गरेर प्रवक्ता कञ्चनले सार्वजनिक गर्नुभएको थियो ।नेता कञ्चनले मंगलबार दिउँसो इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाउनु भएको थियो ।प्रदर्शनकारीले प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न जोडदार माग गरेका थिए । 

प्यालेस्टाइन माथिको इजरायल- अमेरिकी युध्द अपराधको विश्वव्यापी विरोध भइरहेको सन्दर्भमा नेपालमा पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीले असोज ३० गते  प्रर्दशन गरेका थिए।





२०८० कात्तिक २ ०८:५२ बजे

प्रतिक्रिया