गाजासम्बन्धी प्रस्ताव पारित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् असफल

प्रस्तावको पक्षमा रुस, चीन, संयुक्त अरब इमिरेट्स, मोजाम्बिक र ग्याबोन थिए । अमेरिका, बेलायत, फ्रान्स र जापान गरी चार देशले यसको विपक्षमा मतदान गरे

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १ १६:०१ बजे

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा मानवीय युद्धविरामका लागि आह्वान गर्ने रुसी मस्यौदासम्बन्धी प्रस्ताव पारित गर्न असफल भएको छ ।

मस्यौदा प्रस्तावको पक्षमा पाँच र विपक्षमा चार मत प्राप्त भएको छ भने छ जना अनुपस्थित भएका छन् । प्रस्तावको पक्षमा भएको मतदानमा रुससँगै चार देश चीन, संयुक्त अरब इमिरेट्स, मोजाम्बिक र ग्याबोन थिए । अमेरिका, बेलायत, फ्रान्स र जापान गरी चार देशले यसको विपक्षमा मतदान गरे ।

अन्य ६ वटा देश भने अनुपस्थित रहे । स्वीकृत हुनका लागि सुरक्षा परिषद्को प्रस्तावको पक्षमा कम्तीमा नौ मत चाहिन्छ । संयुक्त राष्ट्रसङ्घका लागि रुसका स्थायी प्रतिनिधि भ्यासिली नेबेन्जियाले मतदानको नतिजाबाट आफ्नो प्रतिनिधि मण्डल निराश भएको बताउनुभयो ।

सुरक्षा परिषद्ले सोही मुद्दामा ब्राजिलबाट अर्को मस्यौदा प्रस्ताव राखेको छ । तर मतदानका लागि समय तोकिएको छैन । सिन्ह्वारन्यूज एजेन्सी नेपाल


२०८० कात्तिक १ १६:०१ बजे

प्रतिक्रिया