एमसिसिको परियोजनास्थल रातामाटेमा मशालले गर्यो साँकेतिक विरोध कार्यक्रम

bimbonline बिम्ब अनलाइन
२०८० असोज २९ १८:४२ बजे

काठमाण्डौ। नेपाल  कम्युनिस्ट पार्टी  ( मशाल ) बागमतीको आयोजनामा अमेरिकी  साम्राज्यवादको  इन्डोप्यासिफिक  रणनीति अन्तर्गत अगाडी  बढाएको एमसिसि र एमसिए नेपाल मार्फत नुवाकोटको बेलकोट नगरपालिका  वार्ड न ७ रातामाटेमा सब स्टेसन  निर्माण  गर्ने भनी जग्गा  अधिग्रहण  गरि तारबारगरि  घरहरु लाई त्यहा बाट  बिस्थापित गरिएको  दृश्य सहितको अध्यायन अनुसन्धान गर्ने काम सम्पन्न  भयो।साथै नेपाली राष्ट्रियता माथी अमेरिकी साम्राज्यवादले लादेको र साम्राज्यवादका नेपाली दलालले  कार्यान्वयन मा लैजाने हर्कतका बिरुध्द आफ्नो आबाज लाई साङ्केतिक  रुपमा प्रस्तुत  गर्दै बिरोध कार्यक्रम सप्पन्न  गरेको छ।कार्यक्रममा  ने . क. पा. ( मशाल ) का प्रबक्ता  राम बहादुर बुढाले बोल्नु एमसिसि परियोजना मात्र नभएर यो नेपाल लाइ नवउपनिवेशिकरण गर्ने नयाँ सम्झौता हो यस लाइ कार्यान्वयन हुनदिनु हुदैन र खारेज गरीनु पर्छ भन्नु भयो। कार्यक्रममा ने.  क. पा. ( मशाल ) का पि. बि. एम. चिन्तामणि  पौडेल , अखिल  नेपाल युबक संघका केन्द्रिय सचिब  सागर भण्डारी,    रक्तिम सास्कृतिक अभियानका केन्द्रिय अध्यक्ष  नारायण  शर्मा  , ने .क. पा. ( मशाल ) काठमाडौका सदस्य टेकहरि न्यौपाने , बुद्धिजीवी द्वय सकस नायक र लीला बल्लब शर्मा हुनुहुन्थ्यो ।

२०८० असोज २९ १८:४२ बजे

प्रतिक्रिया