शेयर बजार २७ अंकले बढ्यो

शेयर बजार २७ अंकले बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १५:३१ बजे
सेयर बजार

काठमाडौं । हिजो सामान्य अंकले  ओरालोलागेको  सेयर बजार परिसुचक नेप्से  आज  उकालो लागको छ ।  हिजो नेप्से १ अंक  भन्दा   कमले ओरालो लागको  हो  ।  आज नेप्से  २७.७२ अंकले उकालो लागेको छ ।  नेप्से आज ओकालो लागेसँगै  २०६८.४२ विन्दुमा पुगेको छ ।

आज नेप्सेसँगे सबैका  सेयर मुल्य  उकालो लागेका छन् । आज  बजार बढेसँगै कारोबारमा पनि केही सुधार आएको छ । दुई सय २० वटा कम्पनीका ५१ लाख एक हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ७९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्र्रोको १० करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मन्दाकिनी हाइड्रो, अपर सोलु हाइड्रो, अप हेवाखोला हाइड्रो र श्वेतगंगा हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सर्पोट लघुवित्तको शेयर सबैभन्दा धेरै ३ दशमलव २८ प्रतिशतले घटेको छ । 

२०७९ भदौ २ १५:३१ बजे

प्रतिक्रिया