नरेन्द्र मोदीले टेकेर अपवित्र वनाए नेपाली भुमी लिम्पियाधुरा-कालापानी

bimbonline लाल वहादुर जाग्री
२०८० असोज २८ १३:२५ बजे

काठमाण्डौ। भारतिय प्रधानमत्री नरेन्द्र मोदीले नेपाली भु-भाग कालापनी ,लिपुलेक, लिम्पियाधुरा सँगै रहेका गुञ्जीका सात गाउँ गुञ्जी, नाभि, कुटी, रोङकाङ, नपलच्यु गर्ब्याङ र बुदीको अनाधिकृतरुपमा भ्रमण गरेरका साथै आदी कैलाश पर्वतको दर्शन , पुजापाठ, कैलाश पर्वत र पार्वती सरोवरको दर्शन  पुजापाठगरेको भारतीय सञ्चारमाध्यमले जनाएका पनि नेपाल सरकारले यस वारे कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन।

दार्चुला व्यास गाउँपालीका प्रवक्ता उपेन्द्र सिह धामी लाइ भारतिय  प्रधानमत्रीको कालीपानी भ्रमम वारे  सम्पर्क गर्दा उहाँले  भारतले व्यास गाउँपालीका सँग जोडियका सवै नाकाहरु वन्द गरेको धेरै दिन भयो कुनै पनि नेपाली लाइ भारत तर्फ जान दिइ रहेको छैन। केहि दिन पहिले टिङकरमा सिमा सशत्रवलको क्याम्प उदधाटन गर्न व्यास गाउँपालीकाका अध्यक्ष लाई भारतले जान दिएन। मिचिएको भु-भागका लागी यहाँ केहि गरौ भन्ने सवै स्थानिय नाकाहरु वन्द गरी हामी लाई  सामान ल्याउन, वारपार गर्न दिदैन नेपाल तर्फ सहज वाटो छैन। हामीले धैरे दुःख खेप्नु परेको छ। नेपालमा मोदीका चाकर र दलालहरुको सरकार छ  सरकार केहि वोल्दैन।सामाजिक सञ्जाल,  मिडिया वाट थाहा पाएका छौ एकिन कुरा दोहोरो वस्ती भएका व्यक्तिहरु अहिले भारतमा वस्न गएका छन नेपाल फर्किए पछि उनिहरु वाट थाहा हुन्छ भनि वताएका छन।

कतिपय व्यक्तिहरुको भनाइ केछ भन्ने अरु सवैकुरा परिवर्तन गर्न सकिन्छ तर छिमेकी परिवर्तन गर्न सकिदैन ? छिमेकी सँग सुमधुर सम्वन्ध राख्नु पर्छ?  यो भनाइ सँगै हामीले के कुरा ख्याल गर्नुपर्ने हुन्छ भने कुनै पनि छिमेकीले आफ्ना  अरु छिमेकी लाई कस्तो व्यवहार गर्दछ? उसको जग्गा जमिन हड्प्ने,मिच्ने उसका आर्थिक स्रोतहरुमा कव्जा जमाउने,उत्पादन व्यापार र प्राकृतिक स्रोतहरुमा रजगज गर्ने, उसका सवै वाटा(नाका) वन्द वा अवरोध सृजना गर्ने, छोरीवेटी लाइ खराव नजरले हेर्ने अरु छिमेकी सँग सम्वन्ध राख्नन आफु मार्फत जाउस् भन्ने मनसाय राखेर काम गर्ने,उसको जग्गा (भुमी)मा जवरजस्ती आवद गर्ने  त्यस्तो छिमेकी असल छिमेकी हुन सक्दैन उ आफ्नो वाहेक अरु छिमेकीको कुनै हित सम्मान र मर्यादा राख्न सक्दैन  हेपाह र मिचाह प्रवृर्ति गर्दछ भन्ने  यस्तो छिमेकी भएका कारणले उसको छिचोमिचो अन्याय सहेर वस्नु के न्याय सँगत हुन्छ ? जुन छिमेकी सँग नक्सा छ, पोत तिरेको रसिद , जग्गाको पुर्जा छ उसको जमिन (भुमी) नहुने जसले जवरजस्ती मिचेर कव्जा गरेर वसेको छ उसको जमिन हुने ? भन्ने कुरा जसको लाठी उसको भैसी भन्ने मान्यतामा आधारित हुन्छ यो कुनै मानविता र न्याय सँगत कुरा होइन।  कुनै  पनि व्यक्तिले आफ्नो जिउ धन इज्जतको रक्षाका लागी प्रतिवाद गर्न पाउने उनको नैसँगिक हक वा प्राकृतिक न्यायको सिदान्त हो। उसले स्वयम प्रतिवाद पनि गर्न सक्छ वा कानुनी प्रक्रिया पनि अवलम्वन गर्न सक्छ यो कुरा उसको अवस्था र परिस्थितिमा भरपर्छ।

प्रशँग यहि असोज २५ गते नेपाली भु-भाग गुञ्जीका सात गाउँ गुञ्जी, नाभि, कुटी, रोङकाङ, नपलच्यु गर्ब्याङ र बुदीको अनाधिकृतरुपमा  भारतिय प्रधानमत्री नरेन्द्र मोदीले प्रवेश गरी भ्रमण गर्नुका साथै आदी कैलाश पर्वतको दर्शन , पुजापाठ, कैलाश पर्वत र पार्वती सरोवरमा पुजापाठ गरि गुञ्जी रहेका नेपाली जनता सँग भेटधाट गर्नुका साथै आफ्नो सेना र सशत्र वल सँग- सँगै नारा पनि लगाएर फर्किएका छन।

लिपियाधुरा सम्म नेपालको भु-भाग रहेको कुरा लाई निर्विवादित पुष्टि गर्ने सयौ तथ्य र प्रमाण रहेका छन  जस्तै- भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र निर्धारण गरिएको छ । जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ ।सन् १८३० मा भएको सर्भेको आधारमा जारी भारतको पश्चिम प्रदेशको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमाना मानिएको छ । सन् १८४८ मा भारत आफैँले पुनः प्रिन्ट गरेर नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई नै सीमा मानेको छ । लाईब्रेरी अफ कांग्रेस, वासिङ्टनडीसीमा रहेको सन् १८२७ मा जारी नक्सामा पनि कालीनदीको मुहान नै लिम्पियाधुरा रहेको स्पष्ट देखिन्छ ।।सन १८५६ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सामा पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको रहेको उल्लेख छ ।यी बाहेक विभिन्न समयमा प्रयोगमा आएका सयौँ नक्साहरुले उक्त भूमी नेपालको रहेको प्रष्ट पारेको छ ।सन् १८७५ जनवरी ७ मा दाङको डुडुवा क्षेत्र सीमांकन गर्दाको नेपाली नक्सामा समेत कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको भू–भाग भनिएको थियो । यतिधेरै तथ्य र प्रमाणले उक्त भू–भाग नेपालको रहेको बताइरहँदा भारत भने अझै पनि उक्त क्षेत्र नेपालको स्वीकार गर्न तयार छैन् ।वलमिच्याइ गरेर प्रधानमत्री समेत अर्कोको भुमीमा विना अनुमति प्रवेश गर्छ र सेना शसत्र वल सँग नारा लगाउछ।

कालापानी क्षेत्र नेपालकै रहेको ऐतिहासिक आधारहरु सन १८१६ मार्चको सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो , सन १८१६ डिसेम्बरको पूरक सन्धि , सन १८१५ मा तत्कालिन इस्ट इण्डिया कम्पनीका गर्भनर जनरल लई मोइराले ब्रिटिश सरकारलाई लेखेको भनिएको गोप्य पत्र ,नेपालसँग भएका विभिन्न कालखण्डका १ सय ३२ वटा नाप–नक्साहरु , कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका बासिन्दाले तिरो तिरेका रसिदहरु , विक्रम संवत् २०१५ को मतदाता नामावली , विक्रम संवत् २०१८ को जनगणना , ऐतिहासिक दस्तावेज, चिठीपत्र, लिखितहरु र सन्धि तथा सम्झौताहरु ,प्राकृतिक स्रोतसाधनको उपभोगबारे इतिहासमा भएका कतिपय निर्णयहरु , विभिन्न समयमा अदानप्रदान भएका कुटनीतिक नोटहरु रहेका छन तर यि कुनै नक्सा ऐतिहासिक तथ्य दस्तावेज र प्रमाण भारत स्वाकार गर्न तयार छैन किनभन्ने उसको नियत नै नेपालको भुमी क्रमशः कव्जा गरि आफ्नो भुमी विस्तार गर्ने रहेको छ।

अतः नेपालको सरकार पनि मोदीकै प्यादाहरुको भएको हुदा मोदीको विरोध गरेमा आफ्नो सत्ता  शक्ति र पद समाप्त हुन्छ भनिठानी त्यै चुप मै चुप गरेर वसेका छन। यस्ता अवस्थामा देशभक्त जनतानै एक जुट भएर पहिलोकाम भन्नेको नेपालमा रहेको मोदीका दलालहरुको सत्ता समाप्त गरी जनताको सत्ता ल्याउनु आवश्यक छ। देशभक्त जनतात्रिक शक्तिको सत्ता र सरकार भए पछि पहिले कुटनिक माध्यम वाट नभए आत्मारक्षाको अधिकारको वल प्रयोग गरेर पनि भारतले कव्जा गरेको सवै नेपाली भु-भाग फिर्ता लिनुको विकल्प छैन।हामी नेपालीका विरपुर्खाले अग्रेजहरु सँगको युध्दमा वलिदान दिएर जोगाएको पवित्र कालापनी लिपियाधुराको  भुमिमा गुजरातमा हजारौ मुस्लमानहरु वँशहत्या गर्ने, भारतमा दलित महिला माथि अत्याचार गरेर रक्ताम्य भएको विस्तारवादको नाइके नरेन्द्र मोदीले असोज २५ गते हिडेर वा टेकेर  नेपालको पवित्र भुमी लाई अपवित्र वनाएर सम्पुर्ण नेपालीहरु स्वाभिमान टेस पुर्याएका छन ।इतिहासको कुनै कालखण्डमा नेपालले आफ्नो भुमी अविश्य लिनेछ।

            (लेखक -नेकपा(मशाल)का केन्द्रिय सदस्य तथा अधिवक्ता हुनुहुन्छ)

 


२०८० असोज २८ १३:२५ बजे

प्रतिक्रिया