नेपालमा मत्स्य पालनका प्रशस्त आधार छन- मन्त्री भुसाल

bimbonline बिम्ब अनलाइन
२०८० असोज २७ १९:०६ बजे

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले  हिजो नेपालमा मत्स्य पालनका प्रशस्त आधार रहेको बताएका छन् ।राष्ट्रिय मत्स्य विकास नीति, २०७९ को कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री भुसालले मत्स्य क्षेत्रमा अनेकौं सम्भावना र आधार रहेको औल्याए ।

‘नेपालमा प्राकृतिक पोखरी, नदी, तालतलाउ प्रयाप्त छन् । जहाँबाट अनेकौं प्रकारका माछा उत्पादन गर्न सकिने आधार छ, मन्त्री भुसालले भने, ‘पछिल्लो समय व्यवसायिक रुपमा मत्स्य पालन गर्ने किसानको संख्या पनि बढिरहेको छ ।’जोखिम बिनाको व्यवसाय कतै पनि नभएको भन्दै मत्स्यका क्षेत्रमा समेत जोखिम रहेको उनले सुनाए । तर, अरु क्षेत्रमा भन्दा आफूले मत्स्यका कम जोखिम देखेको जनाए । लगानीको छोटो समयमै मत्स्यको क्षेत्रमा प्रतिफल मिल्ने गरेको आफूले पाएको सुनाए । तत्काल लगानी फिर्ता दिन सक्ने क्षेत्र मत्स्य नै रहेको उनले बताए । 

नेपालमा माछाको बजार फष्टाउनका लागि बाह्रै महिना उत्पादनको ग्यारेन्टी हुनुपर्नेमा उनले जोड दिए । बाह्रै महिना माछा बजारमा पुर्याउन सके मात्र नेपाली माछाको व्यापार बढ्ने उनले बताए । कतिपय व्यापारीले नेपालको माछा बाह्रै महिना पाउन नसक्दा भारतीय माछा ल्याउनु परेको बताउने गरेको मन्त्री भुसालले सुनाए ।


२०८० असोज २७ १९:०६ बजे

प्रतिक्रिया