मोदीको नेपाल भुमीमा अनाधिकृत भ्रमणको मशालले गर्यो निन्दा

भारतीय प्रधानमन्त्रीले आफ्नो भ्रमणको जानकारी नेपाललाइ नदिईकन नेपाली भूमिमा प्रवेश गर्नु र त्यहाँका बासिन्दा र आफ्ना कालापानी क्याम्पका सैनिकहरूसित भेटघाट गर्नुले मोदीले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको स्पष्ट छ

bimbonline बिम्ब अनलाइन
२०८० असोज २७ १०:०६ बजे

काठमाण्डौ। नेकपा(मशाल)का महासचिव सन्तवहादुर नेपाली हिजो एक  प्रेस वक्तव्य जारी गर्दै भनेका छन।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दार्चुला जिल्लामा पर्ने गुन्जी पुगेर त्यहाँ पार्वतीकुण्डमा पुजा गरेको र स्थानीय बासिन्दाहरूसँग भेटघाट गरेको समाचार प्राप्त भएको छ । यस विषयमा संसदमा पनि सांसदहरूले नेपाल सरकारलाई प्रश्न गरेका छन् । सरकारले अहिलेसम्म ठोस जानकारी दिन नसक्नुले उसको लाचारपन देखिन्छ ।

वक्तव्यमा अगाडी भनिएको छ कुनै पनि देशको भूमिमा अर्को देशको आधिकारिक व्यक्ति भ्रमणमा आउँदा उसले आफ्नो भ्रमणको जानकारी सम्बन्धित देशलाई दिनुपर्दछ । तर भारतीय प्रधानमन्त्रीले आफ्नो भ्रमणको जानकारी नेपाललाइ नदिईकन नेपाली भूमिमा प्रवेश गर्नु र त्यहाँका बासिन्दा र आफ्ना कालापानी क्याम्पका सैनिकहरूसित भेटघाट गर्नुले मोदीले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको स्पष्ट छ । मशाल पार्टी भारतीय प्रधानमन्त्रीको अनाधिकृत नेपाल प्रवेशको कडा शब्दमा विरोध तथा निन्दा गर्दछ ।  साथै नेपाल सरकार यस विषयमा नबोल्नुले कतै यो दलाल सरकारको त्यसमा सहमति त रहेको छैन ? भन्ने आशङ्का पैदा गरेको छ । यो विषयमा नेपाल सरकारले तत्काल नेपाली जनतालाई सत्य तथ्यको जानकारी गराउन मशाल पार्टी माग गर्दछ भनि विज्ञप्तिमा उल्लेख गरेका छन।


२०८० असोज २७ १०:०६ बजे

प्रतिक्रिया