राष्ट्रिय जनमोर्चाको नागरिकता विधेयक खारेजीकाे माग

राष्ट्रिय जनमोर्चाको नागरिकता विधेयक खारेजीकाे माग

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १५:११ बजे
राष्ट्रिय जनमोर्चाको नागरिकता विधेयक खारेजीकाे माग राष्ट्रिय जनमोर्चाको नागरिकता विधेयक खारेजीकाे माग


 काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्ने आग्रह  गरेको  छ.।  राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा पठाएकोमा स्वागत गर्दै  अब यसका  खारेजी  गर्नु पर्ने बताएका छन् ।  

आज बसेको प्रतिनिधिसभा बैठकमा  बोल्दै  पौडेलले  हाम्रो जस्तो खुला सीमाना भएको मुलुकमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने बताइन् । 

खुला सीमा भएको देशले जन्मको आधारमा र बैबाहिक नागरिकताको आधारमा विवाह गर्नेबित्तिकै नागरिकता दिन नहुने  उनके भनाई रहेको छ ।  उपाध्यक्ष पौडेलले विवाहितको लागि अंगीकृत नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने व्यवस्था गर्नुपर्ने  बताइन् ।  

खुला रुपले जन्मको आधारमा र बैबाहिक नागरिकताको आधारमा नागरिकता दिन  नसकिने बताउदै उनले  यो नागरिकता विधेयकलाई खारेज गरेर  जानुको विकल्प  नभएकी छन् । त्यसको निम्ति आफूसँग छिमेकी देशले जुन व्यवहार गर्छ, त्यही व्यवहा गर्नुपर्ने आवश्यक  रहेको बताएकी  छन् । 

२०७९ भदौ २ १५:११ बजे

प्रतिक्रिया