नेपाल सरकारको अनुमति विना मोदीले गुञ्जीका नेपाली सँग गरे भेटधाट , विस्तारवादको पराकाष्ट

bimbonline बिम्ब अनलाइन
२०८० असोज २५ २१:१३ बजे
नेपाली भु_भाग गुञ्जीका जनता सँग मोदीको भेटघाट

काठमाडौं । नेपालको सार्वभौमसत्तामाथि भारतीय विस्तावादी शासक नरेन्द्र मोदीले नाङगो नाच नाचेका छन् । नेपाल सरकारलाई कुनै जानकारीविना नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणमा पुगे । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । मोदीले ६२०० उचाइमा रहेको जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दूरदर्शन गरेका छन् । कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीय र कालापानीमा रहेका भारतीय सेनासँग छलफल गरेका छन् । नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग उनले छलफल गरेका छन् ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गरेका छन् । मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न गएका छन् । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।


२०८० असोज २५ २१:१३ बजे

प्रतिक्रिया