नेपाली भूमि कालापानी क्षेत्रमा नरेन्द्र मोदीको भ्रमण नेपाल सरकार वेखवर

bimbonline बिम्ब अनलाइन
२०८० असोज २५ १३:१७ बजे

काठमाडौं । नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विहिबार (आज) भ्रमण गर्दै छन् । कालापानी क्षेत्रको ४ सय वर्ग किमी भूमि भारतले कब्जा गरेको छ । त्यो क्षेत्रमा अहिले पनि भारतकै नियन्त्रण रहेको छ । भारतीय प्रधानमन्त्री मोदीले कैलाश

(जोलिङकाङ), गुञ्जी, पिथौरागढ र अल्मोडाको जागेश्वरधाम भ्रमण गर्दैछन् ।

बिहान ८ः३० मा आदि कैलाश पर्वतको बेसक्याम्प जोलिङकाङ पुग्ने र एक घण्टासम्म पूजापाठ गर्ने श्रोतले जानकारी दिएको छ । एक घण्टापछि ९ः३० मा गुञ्जीमा स्थानीय वासिन्दा र सुरक्षाकर्मीसंग भेटघाट, छलफल र फोटो सेशनको कार्यक्रम राखिएको छ ।मध्यान्ह १२ बजे अल्मोडा जिल्लाको जागेश्वरधाममा पूजापाठ हुनेछ । मोदीले दिउँसो अढाइ बजे पिथौरागढ जिल्ला सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली भूमिमा आएर विभिन्न कार्यक्रम गर्ने समाचारहरु सार्वजनिक हुँदा पनि नेपाल सरकार, यहाँका राजनीतिक पार्टीहरुले मोदी भ्रमणको विषयमा केही प्रतिक्रिया दिएका छैनन् । वेखर जस्ता भएका छन। भारतलाई ‘विस्तारवादी’ भनेर आलोचना गर्ने देशभक्त तथा क्रान्तिकारी शक्तिहरुको पनि कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।



२०८० असोज २५ १३:१७ बजे

प्रतिक्रिया