इजरायलमा हमासको आक्रमण वाट निधन भएका नेपालीका परिवार लाइ जनहि दश लाख राहात

वङ्करका नेपाली लाई इजरायली सेनाले लग्यो सुरक्षित स्थानमा

bimbonline बिम्ब अनलाइन
२०८० असोज २२ १८:५४ बजे

काठमाडौं । सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई जनहि दश दश लाख राहत दिने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बङ्करमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन । प्रधानमत्रीले वङ्करमा रहेका नेपालीहरु सँग कुराकानी गरेर छिटै उदार गरिने हुदा नआत्तिर वस्न भनेका थिए।बङ्करमा रहेका नेपाली लाई इजरायली सेनाले सुरक्षित स्थान तिर लगेको वताइन्छ । 

मन्त्री शर्माका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम हुन्छ भनि वताएकी छन ।


२०८० असोज २२ १८:५४ बजे

प्रतिक्रिया