नागरिकता विधेयकमा एमालेकाे राजनीति : वर्षमान पुन

नागरिकता विधेयकमा एमालेले राजनीति : वर्षमान पुन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १४:५१ बजे
वर्षमान पुन

 काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि  एमालेले राजनीति गरिरहेको आरोप  लगाएका छन् । नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उहाँले एमालेलाई आग्रह गरेका छन् । 

एमालेले भने नागरीता जस्तो  विषयमा टाउको  गनेर मात्रै नहुने  बताएको छ । त्यस्तै एमालेकै  सांसद भीम रावलले   अहिलेको नागरीकता विधेयकले  देशको अस्तित्वन्रै समाप्त पार्न खोजेको  बताएका छन् ।  बिहीवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई विधेयक पारित गराउने काममा सबै राजनीतिक दलले सहयोग आवश्यक रहेको छ ।

जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका छोराछोरीले नागरिकता नपाएको अवस्थामा अप्ठ्यारा भोगिरहेका  बताउदै उनले  विदेश भ्रमण होस् वा बैंक खाताको कुरा होस्, यसमा समस्या भोगिरहेका  बताए ।  उनले भने , ती अप्ठ्यारा फुकाउनकै लागि यो विधेयक ल्याइएको हो र अरू केही जरुरी कुराहरू मात्रै यसमा राखिएको छ । यसमा वैवाहिक अङ्गीकृत लगायतका विषयमा आउँदा दिनमा राष्ट्रिय सहमति बनाएर प्रस्तुत हुने सरकारले भनेको छ । नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक विषय नबनाऔँ । बरु परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौँ भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरूलाई आग्रह गर्दछु ।’

२०७९ भदौ २ १४:५१ बजे

प्रतिक्रिया