भूकम्प पीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

bimbonline बिम्ब अनलाइन
२०८० असोज १९ २०:०३ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्प पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।भूकम्प प्रभावित क्षेत्र निरीक्षण गर्न बझाङ आइपुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।त्यस्तै भूकम्पपछि आएको पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रधानमन्त्री दाहालले दुई लाख सहयोग घोषणा गरेका हुन् 

उनले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने बताए ।त्यस्तै राहत सामग्रीहरू पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिने प्रधानमन्त्रीले घोषणा गरेका हुन् । उनले आवश्यक सामग्री तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बता

उनले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउने र सरकारी कार्यालय, सामुदायिक भवन, स्कुलमा पुगेका संरचनाहरूको यथाशीघ्र पुनःनिर्माण गरिने बताए। गत मंगलबारका बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।


२०८० असोज १९ २०:०३ बजे

प्रतिक्रिया