काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने खोजेको आरोप लगाएका छन् । प्रतिनिभिसभामा बोल्दै सांसद रावलले नेपालमा विदेशी नागरिक हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा किमार्थ मान्य नहुने बताएका हुन् ।
नागरिकताजस्तो संवेदनशिल विषयमा संसदीय दलमा छलफल हुनुपर्ने भएपनि नभएको उनको भनाई रहेको छ । उनले भने, 'नागरिकताजस्तो राष्ट्रियताको संवेदनशिल विषयमा ख्याल ठट्टा गर्नुहुँदैन । बालुवाटारमा बस्ने पाँच दलको संयन्त्र कुन संविधानको कुन धारा अन्तर्गत् हो । त्यसले त्यहाँबाट जे फैसला गर्यो त्यो संविधानभन्दा माथि हुन्छ ?'
प्रतिक्रिया