आन्दोलनका लागी सयुक्त मोर्चा विषयक अन्तक्रिया हुने

bimbonline बिम्ब अनलाइन
२०८० असोज १७ १९:१९ बजे

काठमाण्डौ।  अहिले देशमा एमसिसि सम्झौता महङ्गी भ्रष्टाचार र  भारतिय हिन्दुवादीहरु पश्चिमा इसाइकरणको योजना र उक्साहटमा  देशका विभिन्न भागमा जातिय क्षेत्रिय धार्मिक सदभाव खलवल्याउने तत्व सकृय रहेको राष्टियता जनजिविका  र भ्रष्टाचार विरुध्द सवै देशभक्त वामपन्थिहरुको सयुक्त मोर्चा वनाएर अगाडी वढ्नु पर्ने अहिलेको आवश्यकता भएकोले नेकपा(मशाल)को नेतृत्वमा रहेको क्रान्तिकारी मोर्चाले नेपाल प्रज्ञाप्रतिष्ठान भवनको लेखनाथकक्षमा २०८० असोज १९, शुक्रबार दिउसो ११:३० बजे आन्दोलनका लागि संयुक्त मोर्चा  विषयक अन्तर्क्रिया कार्यक्रम को आयोजना गरेको छ।

अन्तक्रिया कार्यक्रममा क्रान्तिकारी मोर्चाका सँयोजक सन्त वहादुर नेपालीले  कार्यपत्र प्रस्तुत गर्नुहुने छ । सो कार्यपत्र माथि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)  क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरण वैज्ञानिक समाजवादी पार्टीका सँयोजक विश्वभक्त दुलाल आहुती र नेकपाका अध्यक्ष ऋषि कट्टेलले टिप्पणी गर्ने कार्यक्रम रहेको कुरा मोर्चाका नेता नारायण शर्माले  बिम्व  अनलाइन लाइ वताएका छन।


२०८० असोज १७ १९:१९ बजे

प्रतिक्रिया