सामाजिक सदभाव कायम राख्न अपिल, हिन्दुअतिवादी र साम्राराज्यवादीहरुको चलखेलको आशँका- सन्तवहादुर नेपाली महासचिव नेकपा(मशाल)

जातीय र धार्मिक द्वन्द्वको मनोविज्ञानमाथि विदेशी साम्राज्यवादी शक्तिहरू र भारतीय हिन्दुवादी तथा नेपाली हिन्दु कट्टरपन्थी मनुवादीहरूले जनतालाइ उक्साउने काम गरेका छन

bimbonline बिम्ब अनलाइन
२०८० असोज १७ ०८:५८ बजे

काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (मशाल)का महासचिव सन्तवहादुर नेपालीले एक वक्तव्य जारी गर्दै पार्टीले देशभरीका नेता कार्यकर्ताको सहभागितामा तिन दिने आवाशिय प्रशिक्षण सम्पन्न भएको र प्रशिक्षणमा पार्टीका प्रशिक्षकहरुले पार्टीको राजनीतिक कार्यदिशा, पार्टी एकता र संयुक्त मोर्चा, वर्ग र वर्गसङ्घर्ष, माक्र्सवादी दर्शन, जाति, धर्म, भाषा र संस्कृति, नयाँ जनवाद र समाजवाद, पूँजीवाद तथा साम्राज्यवाद, संशोधनवाद, सङ्गठनात्मक प्रणाली, कम्युनिस्ट नैतिकता,विज्ञान प्रविधि र मिडिया,सँसदिय व्यवस्था सँग अन्तविरोध र अन्तर सम्वन्ध, प्रगतिशित साहित्य कला  लगायत वीसवटा विषय प्रशिक्षणमा प्रस्तुत भएका थिए । त्यसमाथि प्रशिक्षार्थीहरूले व्यापक छलफल गर्नु भएको प्रशिक्षणमा अन्तरक्रियात्मक पद्धति अपनाइएको वताएका छन।

 वक्तव्यमा  अगाडी भनिएको छ आश्विन १४ गते महासचिव क. सन्तबहादुर नेपालीको अध्यक्षतामा प्रथम राष्ट्रिय परिषद्को बैठक प्रारम्भ भयो । बैठकले मूलत सङ्गठनात्मक नियमावली, आर्थिक नियमावली र पार्टी सदस्यको आचारसंहिता पारित गरेको छ । त्यस सिलसिलामा केन्द्रीय समितिको बैठकले आगामी कार्यक्रम तयगरेको छ। तत्काल एमसीसी सम्झौताका विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्ने आवश्यकताबारे छलफल भएको छ । जस अनुसार आश्विन महिनाको अन्तसम्म एमसीसी सम्झौता कार्यान्वयनका विरुद्ध जिल्लाहरूमा विरोध कार्यक्रम गर्ने, एमसीसी सफल भएमा इन्डोप्यासिफिक रणनीति लागु हुनेछ र देश युक्रेन जस्तो बन्ने छ, देश गृहयुद्धमा फस्ने छ । मंसिर र पौष महिनामा किसान सङ्गठन अभियान सञ्चालन गर्ने, सरकारले किसानहरूको धानको मूल्य तोक्ने तर धान खरिद नगर्ने र किसानलाई सस्तो मूल्यमा साहु महाजनलाई बिक्री गर्न बाध्य पार्ने नीतिका विरुद्ध स्थानीय प्रशासन मार्फत सरकारलाई ध्यान आकर्षण गराउने लगायतका कैयौँ कार्यक्रमहरू निश्चित गरिएका छन् । त्यसका साथै देशमा मौलाइ रहेको भ्रष्टाचार, मानव तस्करी, कमिशनखोरी लगायतका प्रकरणहरूका विरुद्ध निरन्तर सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको छ । नेपालीहरूको महान चाड नजिकै आइरहेको बेला जनताका उपभोग्य सामानहरूको मूल्यमा दलाल सरकारले अत्याधिक वृद्धि गरेको छ । त्यस प्रकारको मूल्य बृद्धिको  पार्टी जोडदार विरोध गर्दै कालोवजारिया नियत्रण गर्न सरकार सँग माग गर्दछौ  भनि वक्तव्यमा उल्लेख गरेका छन। 

देशका विभिन्न भागमा देखिएका जातीय द्वन्द्वबारे पनि छलफल भएको छ । संविधानमा धर्म निरपेक्षताको प्रावधान भए तापनि शासकहरूले हिन्दुवादी नीति अपनाएका कारणले देशमा जातीय तथा धार्मिक तनाव उत्पन्न भएको हो । स्वयं सत्तामा बस्नेहरूले नै हिन्दुराज्यको पक्षमा वकालत गर्नुले देशमा यो स्थिति आएको हो । अर्कोतर्फ कुनै बेला वर्गसङ्घर्षको राजनीति बोकेका कम्युनिस्ट नेताहरू खुलेआम आफ्नो पार्टीलाइ जनताले निर्वाचनमा बहुमत दिएमा पहिचान समेतको राज्य नामाकरण गर्ने घोषणा गरेका छन् । जातीय र धार्मिक द्वन्द्वको मनोविज्ञानमाथि विदेशी साम्राज्यवादी शक्तिहरू र भारतीय हिन्दुवादी तथा नेपाली हिन्दु कट्टरपन्थी मनुवादीहरूले जनतालाइ उक्साउने काम गरेका छन भनि वक्तव्यमा भनिएको छ।

 उनीहरू देशमा वर्गसङ्घर्षलाई समाप्त पार्न जातीय र धार्मिक द्वन्द्व चर्काउन चाहन्छन् । तर त्यसको दोष आदिवासी तथा जनजातिहरूमाथि थोपारेर साम्प्रदायिक दङ्गा भड्काउन चाहन्छन् । त्यसको सिकार सर्वसाधारण जनता हुने गरेका छन् । त्यसकारण  सवै जात जाति धर्म समुदाय लाइ सामाजिक सदभाव कायम राख्न अपिल गरीएको छ।  जातीय तथा धार्मिक द्वन्द्वलाई सधैका लागि समाप्त पार्ने एउटा मात्र उपाय किसान तथा मजदुरहरू आफूलाई शोषण गर्ने शोषक, सामन्त, दलाल तथा नोकरशाही पूँजीपति वर्गका विरुद्ध सङ्घर्ष गरेर नै सबै प्रकारका उत्पीडनको अन्त गर्न सकिने कुरामाथि जोड दिइएको छ।  त्यसका लागि सबै देशभक्त, जनतान्त्रिक र वामपन्थी एकहुनु पर्छ भनि महासचिव सन्तबहादुर नेपालीले वक्तव्यमा भनिएको छ।



२०८० असोज १७ ०८:५८ बजे

प्रतिक्रिया