नेकपा(मशाल)को प्रशिक्षण महासचिव सन्तवहादुर नेपाली ध्दारा उदधाटन

bimbonline बिम्ब अनलाइन
२०८० असोज १६ ०८:११ बजे

वुटवल।नेपाल कम्युनिष्ट पार्टी (मशाल) को आयोजनामा केन्द्रिय प्रशिक्षण रुपदेहिमा यहि असोज ११ गते  उदधाटन भएको पार्टी प्रवक्ता राम वहादुर वुढाले जानकारी गराउनु भएको छ। प्रशिक्षणको उदधाटन नेपाल कम्युनिष्ट पार्टी (मशाल) का महासचिव सन्तवहादुर नेपालीले व्यानर वाचन गरेर गर्नु भयो । कार्यक्रमको अध्यक्षता पार्टी पिविए कृष्ण पौडेल र  सञ्चालन केन्द्रिय सदस्य लाल वहादुर जाग्री ले गर्नु भएको थियो। ज्ञात अज्ञात शहिदहरु को सम्झनामा एक मिनेट मौन धारण गरे पछि सहभागीहरु लाई स्वागत पार्टी प्रवक्ता राम वहादुर वुढाले गर्नु भएको थियो । प्रशिक्षणमा  चौविस जिल्लाका एकसय भन्दा वढि नेता कार्यकर्ताहरुको सहभागिता रहेको कुरा पार्टी नेता ओम वहादुर के. सी. ले वताउनु  भयो। उदधाटन मन्तव्य दिदै महासचिव नेपालीले  अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी विचारको रक्षा र विकास आजको आवश्यकता भएकोले पार्टी नेता र कार्यकर्ताहरु को दृष्टिकोण विकासका लागी प्रशिक्षणको आयोजना गरेको वताउनु भयो । उदधाटन शत्रको समापन कार्यक्रमको अध्यक्षता गरिरहनु भएका कृष्ण पौडेलले गर्नु भएको थियो। 


२०८० असोज १६ ०८:११ बजे

प्रतिक्रिया