नागरिकता नपाएर गाउँमा युवा युवतीहरु भौतारी रहेका छन् : सांसद भरत शाह

नागरिकता नपाएर गाउँमा युवा युवतीहरु भौतारी रहेका छन् : सांसद भरत शाह

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १४:२४ बजे
नागरिकता विधेयक

 काठमाडौं ।    आज  बसेको  प्रतिनिधिसभाको बैठकमा  बोल्दै  सांसद भरत शाहले नागरिकताविहीनका लागि नागरिकता विधेयक ल्याएकाले यसलाई  लनिर्वा रुपमा पास गर्नुपर्ने बताएका छन् ।  नागरिकता विधेयक -२०८९ को प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद शाहले यस्तो बताएका हुन्। 

नागरिकताविहीनहरुलाई नागरिकता उपलब्ध गराउन विधेयक ल्याएको बताउँदै उनले यसमा राष्ट्रपतिले विचार  गर्नुपर्ने  भए पनि  विचार नगरीएको बताएका छन् ।  

साथै उनले  अहिले नागरिकता नपाएर गाउँमा लाखौं युवायुवतीहरु भौतारिरहेको  बताएका छन् । उनले राष्ट्रपति सबै जनताको अभिभावक भएको र सबै जनताको समस्या हेर्नुपर्ने बताए।विधेयक पास भएपछि नागरिकतासम्बन्धी सबैखाले समस्याको समधान हुने उनको भनाइ छ।

२०७९ भदौ २ १४:२४ बजे

प्रतिक्रिया