अहिले सम्म क-कसले बुझाएनन् चुनावमा गरेको खर्च विवरण

अहिले सम्म क-कसले बुझाएनन् चुनावमा गरेको खर्च विवरण

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १३:३६ बजे
खर्च विवरण

काठमाडौं ।  वैशाख ३०  सम्पन्न भएको स्थानीय तह निर्वाचनको पाँच महिना बितिसक्दा पनि  कतिपयले  आफुले गरेको  निर्वाचन खर्च विवरण  बुझाएका छैन्न ।  आज  निर्वाचन आयोगले निर्वाचनमा गरेको  खर्च विवरण नबुझाउने एक लाख २३ हजार ७ सय ८३ जनाको सूची  सार्वजनिक गरेको छ। 

निर्वाचन सम्पन्न भएको ३० दिनभित्र तोकिएको ढाँचामा खर्च विवरण बुझाउनुपर्ने हुन्छ।  तोकिएको अवधिमा खर्च विवरण नबुझाउनेहरुलाई सुरुमा चेतावनी दिइएको र बिहीबार नामावली सार्वजनिक गरिएको  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन् । अब पनि खर्च विवरण नबुझाउनेलाई कारबाही प्रक्रिया अगाडि बढाइने  उनले बताएका छन् । आयोगले साउन ३० गते सूचना प्रकाशित गर्दै एक साताभित्र खर्च विवरण नबुझाउनुको कारण पेस गर्न निर्देशन दिएको थियो।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने ए लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६ ५२ जना गरी १ लाख २३ हजार ७८३ जनाको नाम सार्वजनिक भएको थपलियाले जानकारी दिए।  काठमाडौंका उमेयर आफ्नो खर्च विवरण  बुझाइनन् । त्यस्तै  काठमाडौंकै   स्वतन्त्र उम्मेदवार सुमन सायमीले भने खर्च विवरण पेस थरेका छैनन्।  उपमेयरमा निर्वाचित सुनिता डंगोलले पनि हालसम्म आफ्नो निर्वाचनको खर्च विवरण आयोगसमक्ष पेस गरेकी छैनन्।  

निर्वाचन आयोगका अनुसार भरतपुर महानगरपालिकाका मेयर र उपमेयर दुवैले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन्। मेयर रेणु दाहाल र उममेयर कांग्रेसका चित्रसेन अधिकारीले खर्च विवरण पेस नगरेको आयोगले जनाएको छ। यस्तै नेपाली कांग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पनि खर्चको विवरण पेस गरेका छैनन्। 

आयोगका अनुसार पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले अहिलेसम्म खर्च विवरण बुझाएकी छैनन्।बागमती प्रदेशका २२ हजार ६ सय ६७ उम्मेदवारमध्ये ७० प्रतिशतभन्दा धेरैले खर्च विवरण पेस नगरेको आयोगको तथ्यांकमा उल्लेख छ। 

२०७९ भदौ २ १३:३६ बजे

प्रतिक्रिया