पीविएम कामरेड नारायण प्रशाद सापकोटाको शिघ्र स्वास्थ लाभको कामना

निजि कुनै व्यापार व्यवशाय पनि नभएको हुदा उहाँको आर्थिक अवस्थाले मस्तिष्कको ट्युमर जस्तो विरामको उपचार गराउन असहज भएको

bimbonline बिम्ब अनलाइन
२०८० असोज २ २०:२४ बजे

काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिव सन्तबहादुर नेपालीले आज एक विज्ञप्ति जारी गरी नेकपा(मशाल)का पीवीएम ४९ बर्षीय क.नारायण प्रसाद सापकोटा केही दिन अघिदेखि मस्तिष्कको ट्युमरको कारण विरामी पर्नु भएकोले उपचार गराई रहनु भएको कुराको जानकारी गराउनु भएको छ। क. नारायण प्रसाद सापकोटाले पार्टी र मोर्चा को जिम्मेवारी पुरागर्दैआउनु भएको थियो। उहाँ अचानक विरामी पर्नु भयोको हुदा  पार्टीले उहाँको शिघ्र स्वास्थ लाभको कामना गर्दछ  भनि विज्ञप्तिमा उल्लेख गरेका छन।

उहाँ विधार्थी जिवन देखि पार्टीमा पुर्णकालिन कार्यकर्ताको रुपमा काम गर्दै आउनु भएको र निजि कुनै व्यापार व्यवशाय पनि नभएको हुदा उहाँको आर्थिक अवस्थाले मस्तिष्कको ट्युमर जस्तो विरामको उपचार गराउन असहज भएकोले सम्पुर्ण जनसमुदाय ,शुभचिन्तक, साथी भाइ इष्टमित्र पार्टी पँक्ति सवैले उहाँको उपचारमा दिलखोलेर सहयोग गर्नु पर्ने कुरा पार्टीका अर्का पीविएम चिन्तामाणि पौडेलले वताउनु भयो।

२०८० असोज २ २०:२४ बजे

प्रतिक्रिया