नागरिकता विधेयक टाउको गनेर मात्रै हुँदैन् : प्रदीप ज्ञवाली

नागरिकता विधेयक टाउको गनेर मात्रै हुँदैन् : प्रदीप ज्ञवाली

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १३:०१ बजे
प्रदीप ज्ञवाली

काठमाडौं। प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले नागरिकता विधेयक टाउको गन्ने विषय नभएको  बताएको छ ।  आज बसेको प्रतिनिधिसभाको बैठकमा  एमाले सांसद प्रदीप ज्ञवालीले सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको र ‘जबर्जस्ती गरेर टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो  नहुने बताएका छन् ।   

ज्ञावालीले  नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन र राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग  गर्न समेत  आग्रह गरेका छन् । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताए । राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै उनले जनमत विभाजित गर्ने काम नगर्न आग्रह  गरेका छन् ।  

२०७९ भदौ २ १३:०१ बजे

प्रतिक्रिया