अमेरिकी सेना नेपाल आएकोप्रति संसदमा चाँदतारा कुमारीद्धारा सरकारको ध्यानाकर्षण

अमेरिकी सेना नेपाल आएकोप्रति संसदमा चाँदतारा कुमारीद्धारा सरकारको ध्यानाकर्षण

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १२:५१ बजे
सांसद चाँदतारा कुमारी

काठमाडौं  ।  आज बसेको प्रतिनिधिसभाको  बैठकमा सांसद चाँदतारा कुमारीले नेपाली सेनासँग अमेरिकी सेना संयुक्त सैन्य अभ्यासका लागि आएको  बिषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।  उनले  अमेरीकी सेना कतै नेपाल आइपिएसको अंग बनेको त हैन भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली सेनासँग संयूक्त सैन्य अभ्यासका लागि सोमबार क्याप्टेन भ्लेक डुकारेकको नेतृत्वमा १६ सदस्यीय टोली नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न आएको  बर्ताकी हुन् । रेन्जर गणका नेपाली सेनाका ८० जनाले संयुक्त रुपमा अभ्यास गर्ने बताउँदै यो अभ्यास २०६० सालदेखि चल्दै आएको  बताएकी छन् ।   

अमेरिकासँग नेपालले एसपीपी सम्झौता नगर्ने भनिएको र गत साता प्रधानसेनापति अमेरिका भ्रमण गएको उल्लेख गर्दै  उनले नेपाल कहीँ आइपिएसको अंग बन्न लागेको त हैन भन्दै प्रश्न गरिन् ।  उनले सरकालाई यस विषयमा चनाखो बन्न समेतआग्रह गरीन् ।  

२०७९ भदौ २ १२:५१ बजे

प्रतिक्रिया